भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री


  • मंसिर १८, २०७७
  • 785 Views
भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री image

काठमाडौँ । सामान्यतया पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्रीलाई विश्वास गर्दैन । लगानीकर्ताहरू आम कम्युनिस्ट अर्थमन्त्रीहरू खुला बजार अर्थतन्त्रका विरोधी हुने र निजी क्षेत्रलाई हस्तक्षेप गर्न खोज्ने प्रवृत्तिका हुने मान्यता राख्छन् र उनीहरूको कार्यकालमा बजारले गति लिन नसक्ने ठान्छन् । नेपालको पुँजी बजारको इतिहासलाई हेर्दा त्यस्तै देखिन्छ । दसवर्षे सशस्त्र युद्ध गरेर संविधानसभाको पहिलो चुनावबाट माओवादी सत्तामा आएपछि पुँजी बजार सशंकित बन्यो ।

त्यही बेला अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि ठूलो हलचल मच्चियो । लगत्तै उनले ल्याएको बजेटमा सेयर बिक्रीबाट प्राप्त हुने नाफामा लाग्ने करको दर दोब्बर बढाएर १० प्रतिशत बनाए । त्यतिबेला ११ सय २५ को उच्चतम बिन्दुमा पुगेको नेप्से परिसूचक दिनहुँजसो ओरालो लाग्ने क्रम सुरु भयो । यो घटनामा मात्र होइन, अन्य बेलामा पनि पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्री बनेका बेला सहज महसुस गर्दैन । वर्षमान पुन अर्थमन्त्री बन्दा नेप्सेले गणतन्त्र स्थापना भएयताकै न्यूनतम बिन्दु २ सय ९० लाई छोयो ।

भरतमोहन अधिकारीको पहिलो कार्यकालमा बजार सानो थियो । उनको दोस्रो कार्यकालमा पनि बजार उल्लेख्य रूपमा बढ्न सकेन । सुरेन्द्र पाण्डे, कृष्णबहादुर महराका पालामा पनि पुँजी बजार घटबढ भइरह्यो । पछिल्लो समय विज्ञ भनेर चिनिएका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई पनि बजारले विश्वास गर्न सकेन । तर, यो सवालमा अर्थमन्त्री विष्णु पौडेल भने भाग्यमानी ठहरिए । कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक ।

कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा पौडेल अर्थमन्त्री बन्दा पुँजी बजार सूचक नेप्सेले १८ सय ८१ अंकको ऐतिहासिक बिन्दु छोएकोे थियो । पौडेलपछि पनि धेरैजना अर्थमन्त्री भए । तर, पुँजी बजारले सबैलाई विश्वास गरेन । नेप्से परिसूचक घटबढ हुँदै ११ सय बिन्दुसम्म ओर्लियो । लगानीकर्ताले पुँजी बजारलाई माथि उठाउन धेरै कोणबाट आवाज उठाए, रुवाबासी गरे तर अर्थमन्त्रीहरूले सुनेनन् ।

दुई तिहाइको जनमतका साथ विज्ञ भनिएका खतिवडा अर्थमन्त्री हुँदा पुँजी बजारले गति लिने विश्वास गरिए पनि उल्टो भयो । पुँजी बजारबारे बेलाबेलामा आउने खतिवडाका टिप्पणीले बजारलाई घटाउने काम ग¥यो । अर्थमन्त्रीको दोस्रो कार्यकालमा भने खतिवडाको धारणामा परिवर्तन देखाप(यो । निजी क्षेत्र र पुँजी बजारबारे उनले सकारात्मक मात्र भनाइ राखे । परिणाम बजारमा सुधारका केही संकेत देखिए । अर्थमन्त्री पौडेल पुँजी बजारका लागि विश्वासपात्र हुन् वा संयोग जुरेको मात्र हो  सेयर लगानीकर्ता र विज्ञहरू यी दुवै तर्कमा सत्यता देख्छन् ।

यस्तो माहोलमा दोस्रोपटक पौडेलले अर्थमन्त्रीको जिम्मेवारी लिए । उनको छोटो कार्यकालमा पुँजी बजारले फेरि ऐतिहासिक उचाइ हासिल गरेको छ । अहिले नेप्से २ हजारभन्दा माथि पुगिसकेको छ । पौडेल आएपछि नै नेप्से झन्डै ४ सय अंकले बढेको हो । अर्थमन्त्री पौडेल पुँजी बजारका लागि विश्वासपात्र हुन् वा संयोग जुरेको मात्र हो रु सेयर लगानीकर्ता र विज्ञहरू यी दुवै तर्कमा सत्यता देख्छन् । पौडेलको स्वभाव हस्तक्षेपकारी छैन । उनले विगतमा र अहिले पटकपटक निजी क्षेत्रलाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उनी नमीठो बोल्दैनन् र नबुझी निर्णय लिँदैनन् । यही कारण पुँजी बजारको हितविपरीत सरकारले केही निर्णय गर्दैन भन्ने विश्वास लगानीकर्तामा छ ।

बजार माथि उठ्न विश्वासको सबैभन्दा ठूलो भूमिका हुन्छ । अहिले यही भइरहेको छ । अर्थमन्त्री पौडेल भने अहिले पुँजी बजार बढ्नुमा आफ्नो भन्दा लगानीकर्ताले सरकारमाथि विश्वास गरेको भन्न रुचाउँछन् । ‘म आएको भर्खरै हुँ, बजार बढाउनेगरी त्यस्ता केही ठोस निर्णय पनि केही गरिएको छैन,’ मन्त्री पौडेलले नागरिकसँग भने, ‘त्यसैले यो मलाई मात्र नभएर सरकारमाथि लगानीकर्ताले देखाएको विश्वास हो । मैले त्यसरी बुझ्ने गरेको छु ।’

‘म आएको भर्खरै हुँ, बजार बढाउनेगरी त्यस्ता केही ठोस निर्णय पनि केही गरिएको छैन ।’

अर्थमन्त्री पौडेलले सरकार एक्लैले काम गरेर संसारका कुनै पनि मुलुकमा विकास भएको छ भन्नेमा आफूलाई विश्वास नभएको बताए । ‘निजी क्षेत्रलाई अगाडि नलगाएसम्म विकासको ढोका खुल्दैन । म यसमा स्पष्ट छुु,’ पौडेलले भने, ‘यसकारण मैले बारम्बार निजी क्षेत्रलाई सरकारसँग हातेमालो गर्न आग्रह गर्दै आएको हुँ ।’ अर्थमन्त्री पौडलका हकमा यसपटक संयोग परेको ठान्नेहरू पनि छन् । बैंकका पर्याप्त तरलता भए पनि कोभिड १९ का कारण सबै क्षेत्रमा समस्या छ । सुरक्षित लगानी गर्ने कुनै क्षेत्र बचेको छैन ।

अर्थतन्त्रमा समस्या आएर लगानीको ढोका बन्द हुँदा सेयर वा सुनमा लगानी गर्ने प्रचलन छ । कोभिड १९ का कारण विश्व अर्थतन्त्र एक वर्षदेखि समस्यामा परेपछि लगानीकर्ताहरू पहिले सुनमा आकर्षित भएका थिए । सुरुमा सुन खरिदमा देखिएको चापले यसको मूल्य उच्चतम बिन्दु ९प्रतितोला एक लाखमाथि० पुगेपछि अहिले लगानीकर्ताको ध्यान सेयरमा परेको हो । विश्वका ठूला पुँजी बजारमा पछिल्लो समय परिसूचकहरू बढेका छन् । अमेरिका, भारतलगायत मुलुकमा लगानीकर्ताले सेयर खरिदतर्फ चाप बढाएका छन् । दैनिकजसो परिसूचकहरू बढेका छन् ।

नेपालकै सन्दर्भमा पनि कोभिडका कारण धेरै क्षेत्र प्रभावित भएकाले लगानी र प्रतिफलका लागि अर्को विश्वासिलो क्षेत्र छैन । घरजग्गामा लगानी अझै बढ्न सकेको छैन । साना तथा मझौला उद्योग र अन्य स्वव्यवसायमा लगानी गरिहाल्ने अवस्था आइसकेको छैन ।

ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली अहिले पुँजी बजार बढ्नुको प्रमुख कारण बैंकको ब्याज तल हुनुलाई मान्छन् । उनका अनुसार कतिपय वाणिज्य बैंकहरूले ७ देखि साढे ७ प्रतिशतमा सेयर धितो राखेर कर्जा दिएका छन् । ‘सस्तो ब्याजका कारण बजारमा लगानी गरेर नाफा लिन सक्ने आत्मविश्वास लगानीकर्ताहरूमा देखिन्छ,’ मैनालीले नागरिकसँग भने, ‘योसँगै प्रविधिमा आएको सुधार, अर्थमन्त्री पौडेलप्रतिको विश्वासलगायतले पनि बजार बढाउन सहयोग पुगेको छ ।’

अध्यक्ष मैनालीले प्रविधिमा आएको सुधारले घरबाटै बिनाझन्झट सेयर कारोबार गर्न सकिने अवस्था आएकाले धेरै संख्यामा लगानीकर्ता थपिएको बताए । उनले अर्थमन्त्री पौडेलको निजी क्षेत्रमुखी धारणाले पनि लगानीकर्तामा थप विश्वास जागेको जानकारी दिए । खासमा ओलीको नेतृत्वमा दुई तिहाइको बलियो र स्थिर सरकार बनेको बेला पुँजी बजारले पनि गति लिनुपर्ने थियो । अर्थतन्त्रको विस्तार पनि खासै नराम्रो अवस्थामा थिएन । तर अर्थमन्त्री खतिवडाले लगानीकर्ताको विश्वास जित्ने वातावरण बनाएनन्, उल्टै बिगार्ने काम गरे ।

अर्थमन्त्रीले बोलेको कुरालाई आधार बनाउनुभन्दा सूचीकृत कम्पनीको आर्थिक अवस्था हेरेर लगानी गर्नु जोखिम कम मोल्नु हो । तर संसारका सबै पुँजी बजारमा सिद्धान्तले मात्र काम गर्दैन । लगानीकर्ताले जोखिम मोलेरै नाफा लिइरहेका हुन्छन् । जोखिममा खेल्ने÷नखेल्ने भन्ने लगानीकर्ताको विषय हो । बजार घट्दा सरकारले लगानीकर्तालाई क्षतिपूर्ति दिनुपरेको इतिहास कहीँ छैन । पुँजी बजारमा मात्र होइन, सर्वसाधारणका लागि जुनसुकै क्षेत्रमा लगानी गर्नु पनि जोखिम उठाउनु नै हो । जोखिमको मात्रा धेरै र थोरै भन्ने होला तर घरजग्गा खरिद गर्दा पनि जोखिम कम हुँदैन । कम जोखिम र सुरक्षित मानिएका व्यवसायमा लगानी गर्नेहरू पनि टाट पल्टेका धेरै उदाहरण छन् । त्यसैले मुलुकको अर्थमन्त्रीले पुँजी बजारको विकासका लागि सधैं वातावरण बनाइदिनुपर्ने हो ।

विगतमा सेयर बजारको विकासका लागि बोर्डका तत्कालीन अध्यक्ष चिरञ्जीवी नेपालले ठूलो भूमिका खेलेका थिए । उनको समयमा सेयरमा लगानी गर्न आह्वान गर्दै अनेकौं विज्ञप्ति निकालिए । ब्यानर बनाएर ¥याली आयोजना गरिए । नियमकानुन परिवर्तन गरेर सहजीकरण गरियो । सेयरमा चलखेल गर्ने गिरोहलाई निरुत्साहित गर्ने काम भए । विभिन्न व्यक्तिका नाममा एउटै व्यक्तिले सेयर खरिद गर्ने परम्परालाई कानुनी प्रक्रियाबाटै निरुत्साहित गर्ने काम भए । यस्ता विभिन्न कार्यले पुँजी बजार विस्तारमा ठूलो भूमिका खेलेको थियो ।

ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली अहिले पुँजी बजार बढ्नुको प्रमुख कारण बैंकको ब्याज तल हुनुलाई मान्छन् । उनका अनुसार कतिपय वाणिज्य बैंकहरूले ७ देखि साढे ७ प्रतिशतमा सेयर धितो राखेर कर्जा दिएका छन् । ‘सस्तो ब्याजका कारण बजारमा लगानी गरेर नाफा लिन सक्ने आत्मविश्वास लगानीकर्ताहरूमा देखिन्छ,’ मैनालीले नागरिकसँग भने, ‘योसँगै प्रविधिमा आएको सुधार, अर्थमन्त्री पौडेलप्रतिको विश्वासलगायतले पनि बजार बढाउन सहयोग पुगेको छ ।’ अध्यक्ष मैनालीले प्रविधिमा आएको सुधारले घरबाटै बिनाझन्झट सेयर कारोबार गर्न सकिने अवस्था आएकाले धेरै संख्यामा लगानीकर्ता थपिएको बताए ।

उनले अर्थमन्त्री पौडेलको निजी क्षेत्रमुखी धारणाले पनि लगानीकर्तामा थप विश्वास जागेको जानकारी दिए । खासमा ओलीको नेतृत्वमा दुई तिहाइको बलियो र स्थिर सरकार बनेको बेला पुँजी बजारले पनि गति लिनुपर्ने थियो । अर्थतन्त्रको विस्तार पनि खासै नराम्रो अवस्थामा थिएन । तर तत्कालीन अर्थमन्त्री खतिवडाले लगानीकर्ताको विश्वास जित्ने वातावरण बनाएनन्, उल्टै बिगार्ने काम गरे ।

विज्ञहरू कतिपय सैद्धान्तिक विषयमा खतिवडा सही भएको ठान्छन् । अर्थमन्त्रीले बोलेको कुरालाई आधार बनाउनुभन्दा सूचीकृत कम्पनीको आर्थिक अवस्था हेरेर लगानी गर्नु जोखिम कम मोल्नु हो । तर संसारका सबै पुँजी बजारमा सिद्धान्तले मात्र काम गर्दैन । लगानीकर्ताले जोखिम मोलेरै नाफा लिइरहेका हुन्छन् । जोखिममा खेल्नेरनखेल्ने भन्ने लगानीकर्ताको विषय हो । बजार घट्दा सरकारले लगानीकर्तालाई क्षतिपूर्ति दिनुपरेको इतिहास कहीँ छैन । पुँजी बजारमा मात्र होइन, सर्वसाधारणका लागि जुनसुकै क्षेत्रमा लगानी गर्नु पनि जोखिम उठाउनु नै हो । जोखिमको मात्रा धेरै र थोरै भन्ने होला तर घरजग्गा खरिद गर्दा पनि जोखिम कम हुँदैन ।

कम जोखिम र सुरक्षित मानिएका व्यवसायमा लगानी गर्नेहरू पनि टाट पल्टेका धेरै उदाहरण छन् । त्यसैले मुलुकको अर्थमन्त्रीले पुँजी बजारको विकासका लागि सधैं वातावरण बनाइदिनुपर्ने हो । विगतमा सेयर बजारको विकासका लागि बोर्डका तत्कालीन अध्यक्ष चिरञ्जीवी नेपालले ठूलो भूमिका खेलेका थिए । उनको समयमा सेयरमा लगानी गर्न आह्वान गर्दै अनेकौं विज्ञप्ति निकालिए । ब्यानर बनाएर (याली आयोजना गरिए । नियमकानुन परिवर्तन गरेर सहजीकरण गरियो । सेयरमा चलखेल गर्ने गिरोहलाई निरुत्साहित गर्ने काम भए । नागरिक दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.