भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गरिने,२३ जिल्लामा निषेधाज्ञा


  • बैशाख १८, २०७८
  • 687 Views
भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गरिने,२३ जिल्लामा निषेधाज्ञा image

काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन निर्देशक समिति सिसिएमसीले भारतसँगका २२ नाका बन्द गर्न सिफारिस गरेको छ । भारतबाट आउने धेरै व्यक्तिमा संक्रमण देखिएपछि ३५ मध्ये १३ नाका मात्रै सञ्चालन गर्न समितिले सिफारिस गरेको हो । सिसिएमसीको शुक्रबारको बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । यी नाकाबाट भित्रनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाइनेछ ।

बैठकले निषेधाज्ञालाई थप बलियो बनाउन पनि सिफारिस गरेको छ । उद्योगहरू सञ्चालन गर्न दिए पनि मजदुरलाई कार्यालयमै राख्नुपर्ने समितिको सिफारिस छ ।
कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । शुक्रबारसम्म अत्यधिक प्रभावित २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तीन जिल्लामा आंंशिक र २० मा जिल्लाभर नै निषेधाज्ञाको निर्णय भएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा प्रदेश नम्बर १ को झापा र सुनसरीमा निषेधाज्ञाको निर्णय भएको छ । झापामा आइतबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । सुनसरीमा शुक्रबार रातिदेखि पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ ।

प्रदेश नम्बर २ को पर्सामा मात्र निषेज्ञाधा छ । बागमती प्रदेशमा उपत्यकाबाहेक चितवनमा निषेधाज्ञा छ । काभ्रे र मकवानपुरलाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिम भएको जिल्लाको सूचीमा राखिसकेको छ । यी जिल्लामा पनि निषेधाज्ञाको तयारी भइरहेको छ । गण्डकीको कास्कीमा जिल्लाभर तथा बाग्लुङको बाग्लुङ नगरपालिकामा धेरै संक्रमण देखिएका वडा नम्बर १२, १३ र १४ वडामा निषेधाज्ञा लागू गरिएको छ । लुम्बिनीको बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा लागू भइसकेको छ भने बर्दियामा आंशिक मात्र रहेकोमा २० वैशाखदेखि जिल्लाभरि नै लागू गर्ने निर्णय भइसकेको छ ।

कर्णालीका सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोटमा जिल्लाभर तथा कालिकोटको खाँक्राचक्र गाउँपालिकाको वडा नम्बर ११ मा मात्र निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरामा जिल्लाभर तथा दार्चुलाको मार्मा गाउँपालिका, व्यास गाउँपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकाको अधिकांश वडामा निषेधाज्ञा जारी गरिएको छ । नयाँपत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.