DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भीम रावललाई गगन थापाको चुनौती : बहस अछाममा गर्ने कि काठमाडौंमारु


  • फाल्गुन १६, २०७८
  • 403 Views
भीम रावललाई गगन थापाको चुनौती : बहस अछाममा गर्ने कि काठमाडौंमारु image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्। उनले भीम रावल मन्त्री भएकै बेला एमसीसीबाट अर्ब बढीको अनुदानमा माग भएको स्पष्ट पारे। ुभीम रावल उपप्रम हुँदा एक अर्ब १३ करोड लिने मन्त्रिपरिषद्ले एमसीसी नेपाल स्थापना गर्न स्वीकार गर्छ। तर भीम रावलको पेट दुख्छ अघि उहाँले बहस गर्न तयार होरु भनेर चुनौति दिनुभयो। म तयार छु, बहस गर्न अछाममा बहस गर्ने कि काठमाडौंमा, सडकमा गर्नेगरी संसद्‍मा भीम रावललाई चुनौती दिन्छु।

एमाले नेता रावले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हित विपरीत रहेको र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन आफू तयार रहेको चुनौती दिएका थिए। ुप्रधानमन्त्री शेरबहादुर देउवा जी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस्। एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघात पुर्‍याउँछन् म प्रमाणित गरिदिन्छू। के मलाई समय दिइन्छरुु, रावलले भने, को विद्वान र को सल्लाहकार हुनुन्छ आउनोस्। प्रत्येक धारा र दफा ल्याएको छु मैले। मलाई थाहा छ जसले हतारमा राष्टंरियताको यति गम्भीर विषयलाई पास गर्न खोज्दै छ यही नै राष्ट्रिय हित विपरीत छ। अन्नपूर्णपोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.