भर्खरै : Sorry, your browser does not support inline SVG.
चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू | वर्षायाममा विद्युत् अवरोध हुन नदिन प्राधिकरणको कडा निर्देशन, प्रदेश कार्यालय २४सै घण्टा तयारी अवस्थामा रहने |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मंकिपक्सबाट बेलैमा जोगिऔं


  • जेष्ठ १२, २०७९
  • 403 Views
मंकिपक्सबाट बेलैमा जोगिऔं image

काठमाडाैं । कोरोना भाइरस (कोभिड—१९) को महामारी विश्वमा मत्थर भएको धेरै भएको छैन। विश्वभर लाखौं मानिसको ज्यान त्यो महामारीले लियो। दसौं हजार नेपालीले पनि ज्यान गुमाए। अर्को संक्रमण विश्वमा देखा परेको छ। मंकिपक्स संक्रमण विश्वका १४ देशमा पुष्टि भइसक्यो। ८० जना मानिस संक्रमित भइसके। देश र संक्रमितको संख्या अहिले सानो छ।

कोभिड—१९ पनि सुरुमा सानै संख्याबाट फैलिँदै फैलिँदै विश्वभर आतंक मच्यायो। अर्बौंको धनजनको नोक्सानी भयो। नेपालमा ज्यान गुमाएका मानिसको हिसाब भए पनि आर्थिक क्षतिको आकलन कठिन छ। तर सामान्य ढंगले भन्न सकिन्छ अर्बौंको क्षति पक्कै भएको छ।कोभिड—१९ को महामारी विश्वमा फैलिइसक्दा पनि नेपालको ताल भने अनौठो थियो। विश्व कोभिडको चिन्तामा थियो, त्यसको रोकथामको खोजीमा थियो।

विभिन्न देशहरू त्यसैको त्राहित्राहिमा रहेका बेला नेपालका तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अस्ट्रेलियामा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्न गए। गर्न पाएनन्। अवस्थाको गम्भीरतालाई कति हल्का रूपमा हामी लिन्छौं भन्ने त्योभन्दा ठूलो प्रमाण निकट विगतमा अरू कमै होलान्। फेरि मंकिपक्सको संक्रमण देखा पर्दा नेपाल उही चालमा हुने त होइन भन्ने संशय पैदा जरुर भएको छ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले भनेको छ कि अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल र कतिपय युरोपेली देशमा संक्रमण पुष्टि भइसकेको छ। बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्विडेनमा पनि संक्रमण देखा परिसक्यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा यसबारे जानकार त भइसकेको छ।

तयारीका औपचारिक अभिव्यक्ति त आएका छन्, ठोस रूपमा केही भएको छैन। भारत र सार्क मुलुकमा संक्रमण देखा परिसकेको छैन भनेर ढुक्क हुन किन हुँदैन भने अरू मुलुकमा आइसकेको संक्रमण ती मुलुक नभित्रने कुनै ग्यारेन्टी छैन। झन् भारतमा देखा पर्यो‍ भने नेपालमा भित्रिने ग्यारेन्टी नै हुन्छ। नेपाल भारत दुवैतिरका जनताको आउजाउ भिन्दाभिन्दै देशको जस्तै छैन, सीमा खुला छ। नाकाहरू खुकुला छन्। हेक्का राखौं कि कोभिड—१९ का बेला भारतबाट नेपाल भित्रिनेको संख्या।

अहिलेसम्म मंकिपक्सको संक्रमण मानिसका लागि पूरापूर जोखिमयुक्त देखिएको छैन। तर जनावार र मानिसहरूबाट यो संक्रमण फैलन पुष्टि भइसकेको छ। संक्रमितको जीउज्यानमा देखिने घाउ डरलाग्दा छन्। झन्डै बिफरको महामारीको रूप यसले देखाएको छ। बिफरले मानिसको जीउमा डरलाग्दा घाउका डामहरू दिन्थ्यो। कुरूप बनाउँथ्यो। त्यस्तै छ मंकिपक्सको लक्षण। हुन पनि यसलाई बिफरकै पारिवारिक सदस्य विज्ञहरूले मानिसकेका छन्।

हाच्छिउँका छिटा र थुक पनि मंकिपक्स सार्ने माध्यम हुनु भनेको सजिलै एकजनाबाट अर्कोमा सर्न सक्नु हो। भाइरसको उपचार विज्ञानले गर्न सकेको छैन। बिरामीलाई निको पार्ने प्रयास जसोतसो भइरहेका छ। तर मंकिपक्सका लागि पनि नयाँ उपचार विधि पत्ता लगाउन समय लाग्न सक्छ। यसबाट जोगिने भनेकै अहिलेलाई रोकथामको उपाय हो। कोभिड—१९ को बेला सरकारी तवरबाट थुपै्र कमजोरी भएका थिए, नागरिक पनि कमजोरीले नै भरिए। स्वास्थ्य मापदण्ड पालनामा थुपै्र कमजोरी र हेलचेक्र्याइँ नागरिकहरूबाट भए।

क्वारेन्टिनमा नबस्ने, मास्क नलगाउने, सरसफाइ नगर्ने, हात नधुने प्रवृत्ति देखिए। मंकिपक्सबाट जोगिने उपाय पनि तिनै हुन्, मास्क लगाउने, साबुनपानीले हात धुने, अरू मानिससँग दूरी कायम गर्ने। सम्भावित महामारीका लागि सतर्क हुनुपर्छ। महामारी आओस् या नआओस् यी त हाम्रो सामान्य दैनिक जीवनमा पनि गरिरहनुपर्ने स्वास्थ्य मापदण्ड हुन्। त्यसो गरियो भने कुनै पनि महामारीमात्रै होइन, अरू रोगहरूबाट पनि बचिन्छ। हाम्रो जीवन स्वस्थ हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल त नागरिक आफैंले पनि राख्नुपर्छ।

अन्‍नपूर्ण पोस्ट् दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.