भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मध्य पहाडी लोकमार्ग निर्माणमा चरम ढिलासुस्ती


  • माघ २०, २०७८
  • 1081 Views
मध्य पहाडी लोकमार्ग निर्माणमा चरम ढिलासुस्ती image

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल -मध्य–पहाडी_ राजमार्ग निर्माणमा चरम ढिलासुस्ती देखिएको छ । आयोजनाको निर्माण सम्पन्न हुने अवधि करिब डेढ वर्ष मात्र बाँकी हुँदा पनि अझै ४० प्रतिशत बढी निर्माण कार्य बाँकी रहेको छ । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ५९=४२ प्रतिशत मात्र रहेको छ । अझै दुई दर्जन पुल तथा करिब साढे २ सय किमी सडक ठेक्कासमेत लाग्न बाँकी रहेकाले अबको डेढ वर्षमा निर्माण कार्य सम्पन्न हुन कठिन देखिएको छ ।

आर्थिक वर्ष २०६४÷६५ मा सुरु भएर आर्थिक वर्ष २०७९ ÷८० मा सम्पन्न हुनुपर्ने आयोजनाको निर्माण कार्यमा भएको ढिलासुस्तीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १८ सय ७९ मध्ये ६ सय ८५ किलोमिटर आयोजनाबाट र ४ सय ६२ किलोमिटर अन्य निकायबाट गरेर ११ सय ४७ किमी कालोपत्रे सम्पन्न भएको जनाएको छ । मन्त्रालयले १ सय ३७ पुलमध्ये ९१ वटा पुल सम्पन्न भएको जनाएको छ । मन्त्रालयका अनुसार ४ सय ९४ किमी सडक र २१ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।

२५ वटा पुल र २ सय ३६ किमी सडकको ठेक्का लाग्नै बाँकी
अबको करिब डेढ वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाअन्तर्गत बन्नुपर्ने २५ वटा पुल र २ सय ३६ किलोमिटर सडकको ठेक्का व्यवस्थापन गर्नसमेत बाँकी देखिएको छ । कतिपयमा ठेक्का लागेर निर्माण नै नभएको अवस्था भए पनि त्यसको अनुगमन गर्ने र दोषीउपर कारबाही भएको पाइएको छैन । खोटाङको सदरमुकाम दिक्तेलदेखि चखेवासम्मको करिब ३२ किमी सडकमा मात्र ५÷६ खोलामा वटा पुल निर्माण बाँकी रहेको देखिएको छ । जसमा एउटा पुल ठेक्का लागेको पाँच वर्षमा समेत जग हालेर अलपत्र अवस्थामा छाडिएको पाइएको छ । स्थानीय एक विद्यालयका प्रधानध्यापक टंक तिवारी ठेकेदारले काम नै नगरी बस्दा पनि अनुगमन गर्ने र काम नगर्नेलाई कारबाही नहुँदा ढिलासुस्ती भएको बताउँछन् ।

प्रधानमन्त्री र विभागीय मन्त्रीको छैन चासो
मध्य पहाडी राजमार्गलगायत विभिन्न राष्ट्रिय गौरवका आयोजना तथा विकास निर्माणले गति नलिँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवादेखि विभागीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले चासो नदेखाएको समेत पाइएको छ । अघिल्ला प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयबाट नै राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने व्यवस्था गरेका थिए भने विभागीय मन्त्रीको पनि सक्रियता देखिएको थियो । प्रधानमन्त्री देउवाले भने पछिल्ला दिनमा विकास निर्माणको विषयमा चासो कम देखाएको पाइएको छ ।

उनी निर्वाचित भएसँगै पार्टीको महाधिवेशनमा केन्द्रित बने भने त्यसपछि कोरोना नियन्त्रणसँगै अहिले स्थानीय तहको निर्वाचनमा बढी केन्द्रित बनेको पाइएको छ । भौतिक पूर्वाधारमन्त्री यादवले विभागीय मन्त्रीका रूपमा गर्नुपर्ने जिम्मेवारी पूरा गर्न नसकिरहेको देखिएको छ । उनले विकास निर्माणको विषयमा चासो कम देखाएको समेत पाइएको छ । मन्त्रालय स्रोतका अनुसार उनले अहिलेसम्म मन्त्रालयको प्रगति समीक्षासमेत गर्न चासो देखाएकी छैनन् ।

उनको सचिवालयले भने मन्त्री यादवले विकास निर्माणको चासो देखाइरहेको र कतिपय आयोजनाको अध्ययन गरिरहेको जनाएको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.