भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनाङमा हिउँ पर्‍यो, माइनस ८ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम


  • मंसिर २, २०७७
  • 459 Views
मनाङमा हिउँ पर्‍यो, माइनस ८ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम image

लमजुङ — हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । ङिस्याङ गाउँपालिकाको मनाङ गाउँस्थित छिरिङ लोप्साङ गुरुङका अनुसार सोमबार बिहान १० बजेतिरबाट हिउँ परेको थियो ।  दिउँसो ३ बजेबाट भने रोकिएको उनले बताए । ‘माथिल्लो क्षेत्रको तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको छ । हिउँ जमेको छ,’ उनले भने, ‘बस्ती क्षेत्रमा केही मात्रामा जमेको हिउँ केही पग्लिएको छ ।’ उनका अनुसार राति हावाहुरी चलेको थियो । दिउँसो हिउँ परेको हो । गएका वर्षभन्दा एक महिनाअघि नै हिउँ परेको उनले बताए ।

नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार नार र फू गाउँ र आसपासमा हिउँ परेको छ । हिउाले बस्ती ढाकेको छ । तल्लो क्षेत्रमा भने कम परेको छ । उनले यस वर्ष नार्पाभूमि क्षेत्रमा ढिलोमात्रामा हिउँ परेको बताए । ‘पोहोर–परार त कात्तिकमै हिउँ परेको हो । अहिले बल्ल मंसिर लाग्दा पर्‍यो,’ उनले भने, ‘हिउँ परेपछि मानिस बाहिर निस्कन सकेका छैनन् । चिसो बढेको छ ।’ मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार माथिल्लो मनाङका सबैजसो क्षेत्रमा हिमपात परेको छ ।

२ हजार ८ सय मिटर माथिका सबैजसो ठाउँमा हिमपात भएको उनले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही बस्तीमा करिब २ फिटसम्म हिउँ परेको छ । साँझपख हिउँ केही पग्लिएको छ । चिसो अत्याधिक बढेपछि तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको प्रजिअ गिरीले बताए । ‘केही दिनदेखि साँझबिहान तापक्रम माइनसमा छ । माथिल्लो क्षेत्रमा हिमपात भएपछि सोमबार साँझ ५ बजेतिर तापक्रम माइनस ८ मा झर्‍यो,’ उनले भने ।

मनाङमा यस वर्ष ३ हजार मिटर उचाइमा कात्तिक १७ गते नै हिउँ परेको थियो । माथिल्लो क्षेत्रका केही बस्ती र डाँडाकाँडामा हिउँ परे पनि बस्ती नै पूरै ढाकिने गरी भने परेको थिएन । प्रजिअ गिरीका अनुसार गत वर्ष मंसिर २७ गते हिउँ परेको थियो । यस वर्ष चाँडै हिउँ परेको उनले बताए । कान्तिपुर दैनिकबाट ….

 


Thali Mobile Pvt.Ltd.