भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महांकाल–आरुबारी सडकमा सास्ती नै सास्ती


  • फाल्गुन ५, २०७७
  • 713 Views
महांकाल–आरुबारी सडकमा सास्ती नै सास्ती image

काठमाडौं । महांकाल–आरुबारी सडकखण्डको कालोपत्रे भत्किँदा सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् । चुच्चेपाटी हुँदै महांकाल, कपन, गोकर्ण पुग्न यही सडकखण्ड प्रयोग गर्नुपर्छ । चुच्चेपाटीबाट महांकाल, तीनुचुली र आरुबारी हुँदै गोकर्ण र मेडिकल कलेज जाने वैकल्पिक मार्ग पनि हो । स्थानीय उर्मिला श्रेष्ठ विभिन्न बहानामा खनिएका खाल्डाखुल्डी बेलामै नपुर्दा सवारी दुर्घटना हुनसक्ने खतरा औंल्याउँछिन् । ‘खाल्डाखुल्डी भएको एक वर्षभन्दा बढी भइसक्यो, त्यही पनि स्थानीय सरकारले ध्यान दिएको छैन,’ उनी भन्छिन्, ‘दैनिक यही बाटो हिँड्नुपर्छ । जति भने पनि केही लागेको छैन ।’

यही सडकखण्ड दैनिक हिँड्ने यात्रु इन्द्र लामा कालेपत्रे गर्दा कमजोरी गरेकाले छिट्टै भत्किएको बताउँछन् । ‘मेलम्ची खानेपानीको पाइप र ढल ब्लक भएकाले खनिएको थियो,’ उनी भन्छन्, ‘यो खाल्डो अस्ति पारेको हो, अर्काे खनेकोचाहिँ एक साता भयो । बारम्बार कालोपत्रे गर्न आग्रह गर्दासमेत सुनिएको छैन ।’

उता, काठमाडौं महानगरपालिका–६ वडाध्यक्ष दीपेन्द्र लामा वर्षायाममा पानी निकास नहुने भएकाले कालोपत्रे भत्किएको बताउँछन् । ‘जुनजुन ठाउँमा खाल्डा भएका छन्, ती क्षेत्रमा चालू आर्थिक वर्षभित्रै कालोपत्रे गरिँदै छ,’ उनले भने, ‘त्यस ठाउँका लागि मंगाल बनाउने तयारी पनि भएको छ ।’

वडाध्यक्ष लामाका अनुसार सडक विभागलाई पत्रचारसमेत गरिसकिएको छ । ‘विभागले गरेन भने नगरपालिकालाई निकास गर्न लगाइहाल्छौं,’ उनले भने, ‘यसअघि पनि सडक विभागले नै गरेको हो । अहिले हामीलाई जिम्मा दिएको खण्डमा नगरपालिकाबाट बजेट ल्याएर भए पनि पिच गर्नेछौं ।’

समाचार आजको राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.