भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मौरीले बजार पाएन


  • जेष्ठ ३०, २०८०
  • 259 Views
मौरीले बजार पाएन image

बेनी । म्याग्दीका कृषक घारसहितको मौरी बिक्री नहुँदा निराश भएका छन् । घार सहितको मौरी बिक्री गर्न पछिल्लो फागुन–चैतको याममा कृषकले गोलाबाट मह निकालेनन्। गोला छुट्टाएर राख्दा महबाट आम्दानी गुमाएका कृषक घार सहितको मौरी नबिक्दा आहराको व्यवस्थापन गर्न नसकेर समस्यामा परेका हुन् । बेनी नगरपालिका–४ सुर्केमेलाको केसी बहुउद्देश्यीय कृषि फार्म तथा मौरीपालन स्रोत केन्द्रका सञ्चालक डिलबहादुर केसीले यस वर्ष घार सहितको मौरी बिक्री अपेक्षित नभएको बताए ।

‘यसअघिका बर्षमा घार सहितको मौरीको माग धेरै भएकाले यसपाली मह नकिकालेर गोला छुट्टाएर राखेको थिएँ,’ उनले भने, ‘गत वर्ष एक सय घारसहितको मौरी बिक्री भएको थियो । यसपाली मुस्किलले ५० घार बेचेको छु । अझै पचास घार मौरी बेच्न ग्राहकको खोजीमा छु ।’ मौरीपालन गर्ने नयाँ कृषक नथपिएको, स्थानीय तह र कृषि ज्ञान केन्द्रहरुले मौरीपालन सम्बन्धी कार्यक्रम कटौति गर्नु, अस्वास्थ्य प्रतिस्पर्धा, टाढाको बजार खोजी हुन नसक्दा घार सहितको मौरी उत्पादन बढे पनि बजारको अभाव देखिन थालेको हो ।

बेनी नगरपालिका–५ डडुवाका नारायण पौडेलले साविक भन्दा दोब्बर बढी घार संख्यामा मौरी भएपछि चरन क्षेत्रमा आहराको अभाव हुन थालेको बताए । बर्खा याममा पानी धेरै पर्दा मौरी बचाउन समस्या हुने उनको चिन्ता छ । पौडेलकहाँ ४० वटा घार सहितको मौरी तयार छन् । म्याग्दीको सुर्केमेला, डडुवा र कुहुँमा चार वटा सेरेना जातको मौरीको स्रोत केन्द्र छन् । सबै स्रोत केन्द्रमा ५०० घार मौरी बिक्रीका लागि तयार भएका कृषकले बताएका छन् ।

स्रोत केन्द्र स्थापना भएपछि म्याग्दीमा बाहिरि जिल्लाबाट मौरी आयात भएको छैन् । मौरीसहितको घार प्रतिगोटा दश हजार रुपैयाँका दरले बिक्री हुन्छ । खाली घारको मूल्य प्रतिगोटा तीन हजार पाँच सय रुपैयाँ छ । मौरी निर्यातको लागि बजारको खोजीमा रहेको बेनी नगरपालिका–५ डडुवाको सिद्धिबिनायक मौरीपालन केन्द्रका सञ्चालक रामकुमारी खत्रीले बताइन् । ‘यसपाली घार सहितको मौरी बेच्नलाई ५० घार मौरी छुट्टाएर राखेको छु । बजारको खोजी भइरहेको छ,’ उनले भनिन् ‘मौरी बेच्नलाई मह निकालिएन । मह जति पनि बिक्री हुन्थ्यो । अहिले पछुतो लागेको छ ।’

मौरी बिक्री नभएपछि मह उत्पादनमा केन्द्रित हुने कृषकहरुले योजना बनाएका छन् । प्रतिलिटर मह रु। दुई हजारका दरले बिक्री हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले स्थानीय तहहरुसँग स्थानीय स्रोत केन्द्रको मौरीको खपत गराउन र हावापानी मिल्ने छिमेकी जिल्लाहरुमा मौरीको बजारीकारण गर्न पहल गरेको बताए । म्याग्दीमा वार्षिक २० हजार लिटरका दरले मह उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । अन्नपूर्णपोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.