भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ


  • पुष २९, २०७८
  • 453 Views
युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ image

मंगलबारे । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ। सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए।

इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो। घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए। प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.