भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘युवा पलायन चिन्ताजनक’


  • आश्विन २३, २०८०
  • 277 Views
‘युवा पलायन चिन्ताजनक’ image

भैरहवा । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा रोजगारी नहुँदा युवा विदेश पलायन भइरहेको बताउनुभएको छ । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका खनालले आइतबार समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा पलायन हुनु मुलुकका लागि ठिक नभएको बताउनुभयो ।

उहाँले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ ।” उहाँले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरणलगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको र यसले समाजवादतर्फ जान मद्दत गर्ने बताउनुभयो ।

नेता खनालले नेपालमा नयाँ ढङ्गको धु्रवीकरणको आवश्यकता रहेको समेत बताउनुभयो । वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थासहितको नयाँ धु्रवीकरणमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्ने हुन्छ । यसका लागि नयाँ धु्रवीकरण जरुरी छ ।”

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताउनुभयो । नेता खतिवडाले समृद्धि, रोजगारी र कृषि सँगसँगै अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुने छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.