भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा


  • पुष १८, २०७७
  • 633 Views
राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा image

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर ( भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । राजस्व छलीमा संलग्न सर्लाही जिल्ला स्थायी घर भई पद्म कोलनी सीतापाइला काठमाडौं बस्ने रामकिशोर प्रसादसहित २८ जनाबाट सो परिणामको राजस्व छली भएको विभागले जनाएको छ ।

नक्कली भ्याट बिल कारोबारी प्रसादले मोहन ट्रेड इन्टरनेसनललगायत विभिन्न २६ वटा फर्म सञ्चालन गरी यस्तो अवैध धन्दा चलाउने गरेको विभागको अनुसन्धानबाट खुलेको हो । विभागका अनुसार कुल २६ फर्महरूले कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी कारोबार भएको देखाएका थिए । फर्मको बंैक खाता सञ्चालन भने प्रसाद आफैंले नै गरेर विभिन्न फर्मको नाममा झुटा तथा नक्कली भ्याट बिल तथा बिजक जारी गरेको पाइएको विभागको दाबी छ ।

यस्तो अवैध धन्दामा लागेका प्रसादले आर्थिक वर्ष २०७१(७२ देखि आव २०७४(७५ सम्ममा भ्याटतर्फ ४३ करोड, ८१ लाख ८० हजार ३७८ रुपैयाँ र आयकरतर्फ ८६ करोड ५६ लाख १ हजार ७८५ रुपैयाँ राजस्व छली गरेका थिए । यसैगरी सोही अवधिमा उनले लाभांश करतर्फ पनि २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ छली गरेका थिए ।

अनुसन्धानको क्रममा सबुत प्रमाण भेटिएको भन्दै विभागले अब उनीहरूविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गराउनसमेत मागदाबी गरेको छ । उनीविरुद्ध राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ अनुसार कारबाही हुने विभागले जनाएको छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.