भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लक्ष्मीपूजामा लोडसेडिङ हुुँदैनस् प्राधिकरण


  • कार्तिक २८, २०७७
  • 380 Views
लक्ष्मीपूजामा लोडसेडिङ हुुँदैनस् प्राधिकरण image

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उज्यालो पर्व तिहारको लक्ष्मीपूजाको दिन निर्धक्क भएर बिजुली बाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । प्राधिकरणले कोभिड–१९ को कारण गत वर्षको तुलनामा यसपालि लक्ष्मीपूजाको दिन कम बिजुली खपत हुने प्रक्षेपण गरेको छ । प्राधिकरणको भारप्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराईले कोभिड–१९ का कारण ठूला होटल र अन्य औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा नआएकाले पोहोर लक्ष्मीपूजाको दिनको पिक डिमान्डको तुलनामा यसपालि लोड कम हुने प्रक्षेपण गरेको बताए । ‘पोहोर तिहारमा मुलुकभरका सबै होटल पूर्ण रूपमा सञ्चालनमा थिए । अहिले अधिकांश होटल बन्द रहेकाले बिजुलीको लोड कम हुने प्रक्षेपण गरेका छौं,’ उनले भने ।

चाडपर्वको बेला औद्योगिक क्षेत्र विगतमा जस्तै यस वर्ष पनि बन्द हुनेछन् । प्राधिकरणले गत वर्षको लक्ष्मीपूजाको दिन बेलुका साढे ६ बजेको पिक डिमान्ड १०८९ मेगावाट रेकर्ड गरेको थियो । गत वर्षको तिहारको बेला उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत् माग करिब ३०० मेगावाट छ । पोहोर संघीय राजधानी काठमाडौं उपत्यकाको पिक डिमान्ड ३३१ मेगावाट रेकर्ड भएको थियो । त्यसैगरी, २०७५ सालको लक्ष्मीपूजाको दिन पिक डिमान्ड ११०५ मेगावाट पुगेको थियो ।

केन्द्र प्रमुख भट्टराईले यस वर्ष लक्ष्मीपूजाको दिन अधिकतम ११०० देखि ११५० मेगावाट बिजुली खपत हुने प्रक्षेपण गरेको बताए । ‘लक्ष्मीपूजाको पिक आवरमा १५ सय मेगावाटसम्म लोड आवश्यक परे पनि व्यवस्थापन गर्ने गरी तयारी गरेका छौं,’ उनले भने, ‘कोभिड–१९ को कारणले अधिकांश ठूला होटल तथा व्यवसाय बन्द भएकाले गत वर्षभन्दा पनि कम लोड खपत हुने सम्भावना देखिन्छ । प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिनमा जलाशययुक्त कुलेखानीका सम्पूर्ण आयोजना सञ्चालनमा ल्याउनेछ । प्राधिकरण मातहतका आयोजनाबाट ५३० मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ७५० मेगावाट र भारतबाट एक सय ६० मेगावाट आयात गरेर लोड व्यवस्थापन गर्ने तयारी छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ३०० मेगावाट बिजुली माग हुने प्रक्षेपण गरेको छ । सो दिन विद्युत् अवरोध हुन नदिन मुलुकभरका वितरण केन्द्र र विद्युत्गृहलाई तयारी हालतमा राख्ने प्राधिकरणले जनाएको छ । नागरिक दैनिकबाट…….

 


Thali Mobile Pvt.Ltd.