भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लाकोजूको पनौतीका केही जात्रापर्वहरूको लोकार्पण


  • कार्तिक ३०, २०८०
  • 369 Views
लाकोजूको पनौतीका केही जात्रापर्वहरूको लोकार्पण image

काठमाडौँ । साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण भएको छ। संस्कृतिकर्मी तथा इतिहासकार प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी तथा पनौती नगरपालिकाका निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका थिए।साहित्यकार सूर्य लाकोजू नेपाली साहित्यका विविध विधाका तीन दर्जन साहियिक कृतिका सर्जक हुन्।

उनले कथा, कविता सिर्जना गरेका छन्। मुक्तक, गीत, गजल कोरेका छन्। नियात्रा र हाइकुमा रमेका रमेका छन्। सांस्कृतिक निबन्ध लेखनमा त उनको कलम अनवरत चलिरहेकै छ। कार्यक्रममा प्राडा पुरूषोत्तमलोचन श्रेष्ठले संस्कृति नै पहिचान भएकाले त्यसलाई विभिन्न किसिमले संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले नेपाल मण्डलको इतिहास र संस्कृतिमा पनौती क्षेत्रको विशेष स्थान रहेका बताए।

त्यस्तै अर्का विशिष्ट अतिथि नगरप्रमुख भण्डारीले पनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन यस्ता पुस्तक उपयोगी हुने र लेखकहरूलाई पनौतीबारे तथ्यपरक इतिहास लेख्न अनुरोध समेत गरे।कार्यक्रममा निवर्तमान न्यौपानेले पनौतीमा रहेका संस्कृतिलाई जोगाउनुपर्ने, हराएका संस्कृतिको खोजी गर्नुपर्नेमा जोड दिंदै पनौतीको सम्पदा जगेर्नाका लागि स्थानीय सरकार साथमा हुनुपर्ने बताए।

पुस्तकबारे टिप्पणीकार तुयुकाजी ताम्राकारले पुस्तकमा समावेश भएका सम्पदाहरूबारे गहन अध्ययन गरिएको जनाउँदै उक्त पुस्तक पनौतीका लागि स्वस्थानी जतिकै अमूल्य रहेको बताए।त्यस्तै कार्यक्रममा नगर उपप्रमुख गीता बन्जाराले पनौतीको चिनारी प्रवर्द्धनमा पनौतीकै स्थानीयको सहयोग जरुरी रहेको बताइन्। पनौती नगरपालिका वडा नं २ का वडाध्यक्ष पुरूषोत्तम अधिकारीले पनौतीलाई चिनाउन संस्कृतिकर्मी लाकोजूले योगदान पुर्‍याइरहेको बताए।

कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले इतिहास र संस्कृतिको केन्द्रको रूपमा पनौती रहेको उल्लेख गरे। उनले विभिन्न कारणले पनौती ओझेलमा परेको जनाउँदै त्यसको उजागरका लागि पुस्तक उपयुक्त रहेको बताए। उनले लाकोजू लिखित उक्त पुस्तक नयाँ पुस्ताका लागि मार्गदर्शक र संस्कृतिलाई जीवन्त बनाउन सहयोगी हुने जनाउँदै पनौतीको इतिहास सम्बन्धी पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

अक्षरमार्गले प्रकाशन गरेको सो पुस्तक प्राचीन नगर पनौतीमा वर्षभरिमा मनाइने जात्रा तथा चाडवाडका विषयमा तयार पारिएको छ। विषयवस्तु अनुसार पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ। पनौती नगरको परिचय, इतिहास, जार्त्रा, पर्वहरू, मकुण्डो नाच आदि विषय पुस्तकमा समेटिएका छन्।

पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोखे। एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताए। पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक लाकोजूले बताएका छन। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.