भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लाक्पा १० औं पटक सगरमाथामा


  • बैशाख २९, २०७९
  • 422 Views
लाक्पा १० औं पटक सगरमाथामा image

काठमाडौँ । संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा बिहीबार बिहान १० औं पटक सगरमाथा चुचुरोमा पुगेकी छन् । ०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिट एडभेन्चर प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।लाक्पासहित चार शेर्पा र एक अमेरिकी आरोही आज बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पुगेको खबर आएको छ,’ काठमाडौंमा रहेका मिङ्माले कान्तिपुरसँग भने, ‘लाक्पाको यो १० औं पटकको सगरमाथा आरोहण हो ।

उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला हुन् ।’ तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पा पछिल्ला वर्ष आफ्नै रेकर्ड ब्रेक गर्दै आइरहेकी छन् । यसअघि उनलाई नवौं पटक सगरमाथा आरोहण गर्दा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश दिएकी थिइन् । २६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक उनले सगरमाथा आरोहण गरेकी लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन्’ भन्ने नारा लिई आरोहणमा जाने गर्छिन् । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.