भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लोप हुने अवस्थामा स्थानीय जातका गाई


  • पुष २८, २०७९
  • 248 Views
लोप हुने अवस्थामा स्थानीय जातका गाई image

गुलरिया । दूध दिउन्जेल घरमा राख्ने र थाकेपछि खोलेर धपाईदिने परिपाटीले स्थानीय गाईको नस्ल लोप हुने अवस्थामा पुगेको छ। नेपालको संविधानमा गाई राष्ट्रिय जनावरको रूपमा उल्लेखित छ। नेपालको राष्ट्रिय जनावर तथा हिन्दू धार्मिक मान्यताअनुसार लक्ष्मीको संज्ञा दिइएका स्थानीय गाईका जात लोप हुने अवस्थामा पुगेका हुन्।

संविधानमै संरक्षण गरिएका नेपाली गाईहरूको व्यवहारमा संरक्षणको पहल नगरी विदेशी गाईहरू आयात गर्न थालेपछि त झन् स्थानीय गाईहरूको अस्तित्व र नश्ल खतरामा पर्ने चिन्ता थपिएको छ। मानिसहरूले गाईले दूध दिउन्जेल घरमा पाल्ने र दूध दिन छाडेपछि धपाई दिने प्रवृत्तिले गाईको अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको छ। नेपालको संविधानको धारा ९ ९३० मा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको छ।

गाईले संविधानमै महत्वपूर्ण दर्जा पाए पनि समाजमा त्यस्तो दर्जा पाएको देखिँदैन। गाईलाई समाजमा संरक्षणको हेतुले हेर्ने दृष्टिकोण उदार बन्न सकेको छैन। स्थानीय समाजसेवी एवं प्राध्यापक अयोध्याप्रसाद श्रीवास्तवले राष्ट्रिय जनावरका रूपमा संविधानले घोषणा गरेको गाईको उचित स्याहार तथा संरक्षण हुन नसकेको बताए। ‘गाईको संरक्षण राज्यको दायित्व भए पनि संरक्षण हुन सकेको छैन।

दूध खाएर थाकेपछि मानिसहरू गोठबाट फुकालेर गाई धपाई दिन्छन्। यस्तो परिपाटी छाड्नुपर्छ’ उनले भने। ‘गौ संरक्षणको कार्यलाई अभियानकै रूपमा राज्यले पूर्ण दायित्वसहित ध्यान केन्द्रित गर्नुपर्छ। अन्यथा यसको अस्तित्व समाप्त भएर जान कुनै समय लाग्दैन।’

उनले गाई संरक्षणको कार्यलाई अभियानको रुपमा आयआर्जनसँग जोडेर अघि बढ्नुपर्ने बताए। गुलरिया नगरपालिका खैरापुर निवासी गौ संरक्षणका अभियन्ता ओमप्रकाश यादवले भन्छन्, ‘स्थानीय जातका गाई हुँदाहुँदै सरकारले विदेशी गाईहरू आयातलाई महत्व दिएको छ। यस्तै अवस्था रहे वास्तविक गाईहरू हराएर जान्छन्।’

उनले स्थानीय गाईहरूको गोवर, गउत खेतीबारीमा मात्र होइन औषधिय कार्यमा पनि उपयोग हुने बताए। आयातित गाईहरूबाट प्राप्त हुने मलमूत्र उपयोगी नहुने उनको भनाइ छ। समयमै स्थानीय गाई संरक्षण अभियानमा नजुटे स्थानीय गाईको नश्लसमेत हराएर जाने चिन्ता यादवको छ।

केही दिन अघि दक्षिण कोरिया सरकारले उपहार स्वरुप प्रदान गरेको होलस्टिन फ्रिजन जातका १ सयवटा बाच्छी नेपाल भिœयाइएको छ। साढे ५६ करोड रुपैयाँ बराबरको उपहारमा २० वटा साँढे पनि ल्याइएको छ।
स्थानीयलाई उन्नत जातको गाईका रूपमा ती बाच्छीहरू उपलब्ध गराई दुग्ध उत्पादनलाई बढावा दिने योजना रहेको बुझिएको छ। परम्परागत रूपमा महत्व बोकेका स्थानीय जातका गाईहरूको ग्रामिण स्तरमा दुर्दशा छ।

स्थानीयले गाईलाई डोरी खोलेर धपाई दिने प्रबृत्ति बढेपछि बर्दियाका ८ वटै पालिकामा छाडा गाईको समस्या विकराल बन्दै गएको छ। नगरमा छाडा गाईको समस्या भएपछि गुलरिया नगरपालिकाको सहयोगमा गुलरिया नगरपालिका–२ स्थित कृष्णसार संरक्षण क्षेत्र नजिकैको सामुदायिक वनमा गौशाला सञ्चालन गरिएको वडा नम्वर २ का वडा अध्यक्ष टंकप्रसाद अधिकारीले बताए।

उनले भने, ‘वडाले सकेको सहयोगगर्दै आएका छौं तर गुलरिया नगरपालिकाले वार्षिक १८ लाख रुपैया गौशालालाई उपलब्ध गराएको छ।’ छाडा गाई तथा गौशालामा रहेका गाईहरू फुत्किएर स्थानियको खेतीवाली नोक्सान गर्ने गरेको गुलरिया नगरपालिका वडा नम्वर २ खैरापुरका स्थानिय कृष्णप्रसाद अधिकारीले गुनासो गरे। ‘गौशाला स्थापना गरेपछि उत्साहित थियौं। तर, त्यहाँबाट पनि गाई फुत्केर बालीनाली नोक्सान गर्न थालेपछि हामीलाई समस्या भयो।’

गौशालामा राखिएका गाईहरू आर्थिक अभावका कारण दर्दनाक मृत्यु वरण गर्न बाध्यछन्। गौशालामा ८ सय भन्दा बढी गाईहरू रहेको कृष्णसार गौशाला गुलरियाका अध्यक्ष कुलप्रसाद सुवेदीले बताए। उनले गौशालामा गाई चराउने, पानी दिने र सामान्य औषधि उपचार गर्ने गरेको बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.