भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विदेशमा अलपत्र नेपालीको गुहार सरकारले सुनेन


  • भाद्र २५, २०७७
  • 342 Views
विदेशमा अलपत्र नेपालीको गुहार सरकारले सुनेन image

बिदेसिनेको व्यथा /  रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन्। बजारमा माग नभएको कारण देखाउँदै कम्पनीले काम बन्द गर्दा यतिखेर माझीलाई बस्न र खानाको समस्या हुन थालेको छ।

उनलाई कम्पनीले बस्दै आएको कोठा छिटो छाड्न भनिरहेको छ। ‘कम्पनीले काम रोकेलगत्तै घर फर्कन खोजिरहेको छु,’ उनले भने, ‘दुई महिनादेखि घर फर्कन हवाई टिकटको खोजीमा राजदूतावासदेखि ट्राभल एजेन्सीसम्म चहारिसकें तर उपलब्धि शून्यजत्तिकै छ।’ लामो समयदेखि घर फर्कन नपाउँदा एकातिर बेखर्ची भइरहेको र अर्कोतर्फ बस्दै आएको कोठाबाट जुनसुकै बेला निकालिने जोखिम बढेको उनको भनाइ छ।

अहिलेसम्म पुरानो कमाइबाट जसोतसो गुजारा चलेको बताउने माझीले अब भने टिक्ने अवस्था नरहेको गुनासो गरे। साउदीकै रियादमा रहेका रौटहटका रिहान मन्सुरले पनि हवाई टिकट खोजी गर्न थालेको एक महिनाभन्दा बढी भइसकेको छ। उनले साथीभाइ र चिनेजानेकासँग सोधीखोजी गर्दा पनि टिकट फेला पार्न नसकेको बताए । कोरोना महामारीका कारण अघिल्लो महिनादेखि रोजगारी गुमेको उनको भनाइ छ।

‘मासिक एक हजार दुई सय रियाल (करिब ४० हजार रुपैयाँ) पारिश्रमिक पाउने रोजगारी गुमेपछि कतिखेर घर फर्कौं भइरहेको छ,’ उनले भने, ‘तर टिकट पाउन सकिएको छैन।’ मन्सुरले टिकट नपाउँदा कमाएको रकम साउदीमै सकिने गुनासो गरे। मलेसियामा रहेका पाँचथरका प्रणय लिम्बुले उद्धारका लागि सरकारी निकायलाई आग्रह गरेको दुई साता भइसक्यो। रोजगारी गुमाएपछि बेर्खर्ची भएका उनले तत्काल उद्धार गर्न त्यहाँस्थित नेपाली राजदूतावास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीलाई दैनिकजसो आग्रह गरिरहेका छन्।

जति आग्रह गर्दा पनि कुन दिन फर्कन पाइन्छ भन्ने टुंगो नभएको उनको भनाइ छ। दुबईमा रहेका पर्साका अरबिन्द साह पनि घर फर्कन नपाउँदा छटपटीमा छन्। एक महिनादेखि कामबिना बसिरहेको बताउने साहले चाँडो उद्धार नगरिए भोकभोकै मर्ने अवस्था आउने बताए। रेस्टुरेन्टमा काम गर्ने साहले रोजगारी गुमाएपछि बेखर्ची भएको बताए।

सरकारले कोटा तोकेपछि यति खेर हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन । विदेशमा रोजगारी गुमाएपछि घर फर्कन चाहेर पनि नपाएर छटपटिँदै बसेका यी केही दृष्टान्त हुन् । सरकारले विदेशबाट आफ्ना नागरिक फर्काउन कोटा तोकेपछि हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.