भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विद्युतीय बस ल्याउन सक्रियता


  • असार १८, २०७८
  • 534 Views
विद्युतीय बस ल्याउन सक्रियता image

काठमाडौँ । विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा यातायातले ल्याउन लागेको ४० वटा विद्युतीय बसको टेन्डर शुक्रबार खुल्दै छ । त्यो प्रक्रिया पूरा भई सम्झौता भएको छ महिनामा विद्युतीय बस ल्याउन सकिने साझा यातायातले जनाएको छ । साझाले गत चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको थियो । ४५ दिने बोलपत्र गरिए पनि विश्वव्यापी कोरोनाका कारण ढिलाइ हुन पुुगेको साझा यातायातले जनाएको छ ।

खरिद प्रक्रिया अघि बढेको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिनुुभयो । उहाँका अनुसार बोलपत्र खुला गरिसकेपछि करिब डेढ महिना टेन्डरको मूल्याङ्कन गर्न लाग्नेछ । समितिले मूल्याङ्कन गरेपछि सम्झौता गरिने र सम्झौता भएको करिब छ महिनामा विद्युतीय बसहरू ल्याउन सकिनेछ । तुलाधरले भन्नुुभयो, “कोरोनाका कारण दुुई महिना ढिला भयो, टेन्डरको मूल्याङ्कनपछि सम्झौता हुन्छ । सम्झौता भएपछि मात्र कम्पनीहरूले बस बनाउने भएकाले छ महिनामा बसहरू आउने सम्भावना छ । ” उहाँका अनुसार सम्झौतापछि चरणबद्ध रूपमा निर्माणको काम हुनेछ ।

सुरुमा निर्माण कम्पनीले तीनवटा बस नेपालका सडकमा गुडाएर परीक्षण पास गर्नुपर्नेछ । परीक्षण सफल भएपछि थप बस ल्याइने तुलाधरको भनाइ छ । उहाँका अनुसार सम्झौतामा बस खरिद मात्र नभएर पाँच वर्षसम्म कम्पनीले मर्मत गर्नुपर्नेछ । मर्मतसम्भारका लागि पार्टपुर्जा उपलब्ध गराउनुुपर्नेलगायतका प्रावधान राखेर प्याकेजमै सम्झौता गर्नुपर्ने भएकाले केही दिन ढिलाइ हुनसक्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिनेछ ।

पहिलो चरणमा ४० वटा बस ल्याउने तयारी छ । साझाको स्पेसिफिकेसन बनाउँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो । पहिल्यै नरोकिएको भए हाल बस आइसक्ने साझाको दाबी छ ।

सुन्दरका २० वटा बस आउँदै
विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका २० वटा बस सिङ्गापुरमा रोकिएका छन् । चीनबाट ल्याइएका बस कोरोनाको बन्दाबन्दीका कारण हाल सिङ्गापुरमा राखिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । ४० सिट क्षमताका ती बस भारतमा बन्दाबन्दी खुल्नासाथ नेपाल ल्याइनेछ ।
सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा बसहरू खरिद गरेको हो । बसहरू काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहरहरू बुटवल, विराटनगर, नारायणगढ, नेपालगञ्जमा पनि सञ्चालन गरिनेछ । हाल सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ ।

एसेम्बल प्लान्ट निर्माण हुुँदै
सुन्दर अटो इन्जिनियरिङ प्रालिले रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारीको एसेम्बल निर्माण गर्ने भएको छ । विद्युतीय बस, मोटरसाइकल, जिप र कारहरू निर्माण गरिने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । करिब तीन अर्ब ६० करोड रुपियाँको लगानीमा निर्माण गरिने एसेम्बल प्लान्टले पहिलो वर्ष तीन सय सवारी साधन निर्माण गर्ने लक्ष्य लिएको छ ।

दोस्रो वर्ष पाँच सय बनाउने र त्यसपछि कम्तीमा वार्षिक एक हजार विद्युतीय सवारी निर्माण गरिने योजना रहेको थापाको भनाइ छ । सुन्दर अटोले दुबईको सेक ग्रुप र चीनको बीएके ग्रुपको संयुक्त लगानीमा एसेम्बल प्लान्ट स्थापना गर्न लागिएको हो । उहाँले भन्नुभयो, “जग्गा प्राप्त भएको छ, आगामी साता सम्झौता गर्छौं । त्यसपछि हामी शिलान्यास गर्छौं, शिलान्यासको भएको करिब नौ महिनामा सबै संरचना निर्माण गर्छौैं । एसेम्बलका सामानहरू पनि ल्याउने तयारीमा छौँ । ” जग्गा दिनका लागि सैनामैना नगरपालिकाले पालिका सभाबाट नै प्रस्ताव पारित गरिसकेको जनाइएको छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.