भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विमान थन्किँदा साढे ६ अर्ब रुपैयाँ बराबरको नोक्सानी 


  • मंसिर ३०, २०७७
  • 777 Views
विमान थन्किँदा साढे ६ अर्ब रुपैयाँ बराबरको नोक्सानी  image

काठमाडौं । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगमले हालसम्म साढे ६ अर्ब रुपैयाँबराबरको नोक्सानी व्यहोरेको छ। निगमले खरिद गरेको ६ वटा चिनियाँ जहाज थन्किएकाले यो परिमाणमा घाटा व्यहोर्न बाध्य भएको हो। निगम सञ्चालक समितिले गत साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज ग्राउन्डेड गरेको थियो। उक्त समयमा ती जहाजको घाटा करिब २ अर्ब रुपैयाँ पुगेको तत्कालीन समयमा जानकारी गराइएको थियो। थन्काइएका जहाजका कारण पछिल्लो ५ महिनामा थप ५० करोडभन्दा बढी घाटा भएको निगम स्रोतले जनाएको छ।

साढे २ अर्ब रुपैयाँ नोक्सानीमा करिब १ अर्ब रुपैयाँ बिमाबापतको भुक्तानी रहेको छ। बाँकी करिब १ अर्ब रुपैयाँको मूल्य ह्रास र करिब ५० करोड जतिको विविध खर्च रहेको बताइएको छ। ती जहाजले नेपाली आकाशमा उड्दा कति कमाए भन्ने तथ्यांक निगमसँग भने छैन। निगमले सन् २०१४ मा चीनबाट २ वटा अनुदानमा र ४ वटा सहुलियतपूर्ण ऋण गरी ६ वटा जहाज खरिद गरेको थियो। ६ जहाजमा एमआई ६० र वाई १२ मोडलको १÷१ वटा चीन सरकारले अनुदानमा दिएको हो। बाँकी ४ वटा जहाज जीटूजी ९सरकारद्वारा सरकारसँग खरिद० प्रणालीअन्तर्गत चीनकै एक्जिम बैंकसँगको सहुलियतपूर्ण ऋणमा खरिद गरेको थियो।

अर्थ मन्त्रालयको मध्यस्थतामा सहुलियतपूर्ण ऋणमा जहाज खरिद गरिएको थियो। निगमले उडाउन नसक्ने निर्णय गरेका ६ वटामा ४ वटा चिनियाँ जहाजको ऋण करिब ४ अर्ब रुपैयाँ छ। चिनियाँ सहुलियत ऋणमा ल्याएका जहाजको किस्ता तिर्न ७ वर्षसम्म छुट अवधि प्रदान गरिएको छ। यो सुविधाअनुसार भर्खरै बितेको कात्तिक मसान्तमा पहिलो किस्ता बुझाउनुपर्ने थियो। यो किस्ता २०९० वैशाखसम्म बुझाउने सर्तमा उल्लेख छ। थन्काइएका जहाजका कारण निगमले सर्तअनुसार किस्ताको रकम तिर्न पनि उदासीनता देखाएको स्रोतको दाबी छ।  अर्थ मन्त्रालयमा जहाज व्यवस्थापनसम्बन्धी विकल्प बुझाएको निगम सरकारले गर्ने निर्णयलाई पर्खेर बसेको छ।

किस्ता तिर्ने समय बितिसक्दा पनि किस्ताको विषयमा चिनियाँ बैंकबाट ताकेता नभएको निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। थन्किएको जहाजको व्यवस्थापनको विषयमा निगमले विकल्पको रूपमा केही सुझाव अघि सारेको छ। जसअनुसार जहाज चीनलाई नै फिर्ता पठाउने वा विमान बिक्रीका लागि टेन्डर गर्ने, लिजमा दिन सकिने वा निगमले भविष्यमा खरिद गर्ने नयाँ जहाजका लागि थन्किएका विमानलाई नगद रुपैयाँको हिसाब ९डाउन पेमेन्ट० मा पनि प्रयोग गर्न सकिने गरी सुझाव निगमले अघि सारेको छ। चिनियाँ जहाज व्यवस्थापन गर्न निगमले दिएको सुझाव पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाइसकेको छ। पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले अर्थ मन्त्रालयबाट निर्णय आएपछि आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए।

जहाज चलाउँदा झन् घाटा
आन्तरिक उडान भर्दै आएका ६ वटै चिनियाँ जहाज थन्किएको ५ महिना भइसकेको छ। यो अवधिमा आम्दानीभन्दा उक्त जहाजको नियमित मर्मत सम्भार खर्च बढ्ने क्रममा छ। चिनियाँ जहाज उडाउन प्रशिक्षित पाइलट उपलब्ध हुन नसक्नु, तालिम खर्च अन्य जहाजको तुलनामा चार गुणा बढी हुनु, पाइलटले तालिम प्राप्त गर्ने समय प्रशिक्षक पाइलटबाट नपाउनुजस्ता समस्या देखाएर निगमले उक्त जहाज उडाउन चासो देखाएको छैन। उक्त जहाज उडाउन निर्देशन आए पनि उडाउन सहज नभएको निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडीले जानकारी दिए। निश्चित नियम तथा कानुनको पालना गर्नुपर्ने, नागरिक उड्डयन प्राधिकरणसँग पुनः उडान अनुमति लिनुपर्ने, हटाइसकेको इन्जिनियर र पाइलट पुनः भर्ती गर्नुपर्ने समस्याका कारण उडान भर्न असहज भएको पहाडीले बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.