भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शीतभण्डार सङ्कटमा


  • भाद्र २४, २०८०
  • 286 Views
शीतभण्डार सङ्कटमा image

घोडाघोडी (कैलाली)। कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा रहेको सुदूरपश्चिम प्रदेशकै ठुलो क्षमताको शीतभण्डार सङ्कटमा परेको छ। शीतभण्डार सञ्चालनका लागि लिएको ऋण समयमै तिर्न नसक्दा शीतभण्डार सङ्कटमा परेको हो। स्थानीय किसानका उत्पादन स्टोर गर्ने स्थान नभएपछि सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिले २०७७ साल फागुनमा तीन हजार मेट्रिक टन क्षमता भएको शीतभण्डार सञ्चालनमा ल्याएको हो।

अहिले शीतभण्डारको २५ करोड रुपियाँभन्दा बढी ऋण रहेको अध्यक्ष रामबहादुर रावतले बताउनुभयो। उहाँका अनुसार सरकारले अनुदान नदिँदा अहिलेसम्म किसानकै पैसाबाट चलिरहेको थियो। विसं २०७३ मा छ महिनाभित्र साढे नौ करोड रुपियाँ लगानीमा निर्माण गरी तीन करोड रिज्म नामको संस्थाको अनुदानमा पर्न सफल भएको उक्त शीतभण्डारको लागत बढ्न गई १७ करोड रुपियाँभन्दा बढी खर्चिनु परेको भनाइ सञ्चालकको छ।

“भवनको बेसमा हात्तीपाइले राखेर स्टिमेट बनाएका थियौँ, जमिनका कारण ४० फिट पाइलिङ बेस तयार गर्दा बजेटको आकार बढेर गयो,” सञ्चालक समिति अध्यक्ष रावतले भन्नुभयो, “छ महिनाभित्र सक्ने गरी काम सुरु गरिए पनि विभिन्न समस्याले ढिलाइ भयो।” विसं २०७७ फागुन अन्तिम सातादेखि सञ्चालनमा आएको शीतभण्डार सुरुको स्टिमेटभन्दा दोब्बर लागत लागेपछि अहिले कम्पनी ऋणमा रहेको बताइएको छ। ५० हजार रुपियाँ बराबरको सेयर लिएका १०१ सेयर सदस्यबाट उठेको रकम, रिज्मबाट आएको अनुदान एक करोड १२ लाख, कृषि ज्ञान केन्द्रबाट प्राप्त नौ लाख, नगरपालिकाबाट प्राप्त छ लाख ५० हजार, प्रदेश सरकारबाट प्राप्त पाँच लाख अनुदानमा शीतभण्डार निर्माण गरिएको हो।

बैङ्क वित्तीय संस्था, सहकारी, समूहबाट लिएको ऋण तिर्न बाँकी रहेको छ भने निर्माण सामग्री ल्याएका व्यापारीको समेत भुक्तानी भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले दुई पटकसम्म रातो किताबमा शीतभण्डारका लागि भन्दै नौ करोड ९० लाख रुपियाँ अनु्दान राखेको थियो तर प्राइभेट कम्पनी अन्तर्गत दर्ता भएर सञ्चालनमा आएको शीतभण्डारलाई अनुदान दिन नमिल्ने भएपछि प्रदेश सरकारले सो रकम पनि उपलब्ध गराउन नसकेको जनाइएको छ।

शीतभण्डार सुरु भएकै वर्ष यहाँ तीन हजार ४५३ जना किसानले आफ्नो उत्पादन राखेका थिए। अहिले छ हजार ५१४ जना किसानले ११ हजार बोरा उत्पादन राखेको अध्यक्ष रावतले जानकारी दिनुभयो। गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.