भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा


  • फाल्गुन २२, २०७७
  • 608 Views
संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा image

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने, ‘संसद्मा एउटै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसदको रूपमा उहाँहरूलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका हौं ।’

राष्ट्रियसभाको बैठकमा पनि एकै लहरमा बस्ने व्यवस्था मिलाइएका कारण दुवै पक्षका सांसदहरूसँगै बसेका थिए । पार्टीको शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूलाई छुट्टै बस्ने व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ । एक समूहले अर्को समूहलाई विभिन्न सुत्र प्रयोग गरि आफूमा तान्ने प्रयास गरिरहेको पाइएको छ ।

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा ओली समूह र दाहाल–नेपाल समूहबीच सदस्य संख्याका हिसाबले कडा टक्कर छ । दुवै समूहबीच सांसद संख्याको फरक साँघुरिदै जाँदा वामदेव गौतम निर्णायक हुने स्थिति देखिएको छ ।

गौतमले भने आफू एकताको पक्षधर भएको भन्दै कतै पनि नलागेको बताएका छन् । प्रतिनिधिसभामा नेकपाका १ सय ७४ जना सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटा दलका सदस्य हुँदैनन् । त्यसैले, अहिले १ सय ७२ सांसद कायम छन् । त्यसमध्ये दाहाल–नेपाल पक्षले आफूसँग ९० भन्दा बढी सांसद भएको दाबी गरेको छ भने ओली समूहले ८८ सांसद आफूसँग रहेको दाबी गरेको छ ।

अहिलेसम्म वामदेव गौतम, उनकी पत्नी तथा सांसद तुलसी थापा र लालबाबु पण्डित कुनै पनि समूहमा लागेका छैनन् । अरू लगभग एउटा समूहतिर खुलेका छन् । नेकपा विभाजन गर्नुहुँदैन भनेर लागेका सांसद लालबाबु पण्डित अन्तिम समयमा आफूतिर आउन सक्ने दाहाल–नेपाल पक्षको आशा छ । उनले भने आफू ओली, दाहाल र नेपाल एक ठाउँमा उभिए भने मात्र त्यस्तो बैठकमा सहभागी हुने नत्र कतैतिर नलाग्ने बताए ।

नेकपा संसदीय दलको विधानमा राष्ट्रिय सभाका सांसदहरूले समेत संसदीय दलको नेता चयनमा मतदान गर्न पाउँछन् । उपाध्यक्ष वामदेव ओली समूहमा लागे भने राष्ट्रिय सभामा ओलीकै बहुमत पुग्छ । राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् । राष्ट्रिय सभा अध्यक्षले मतदान गर्न नपाउने भएकाले ४९ जना कायम हुन्छ । ४९ जनामध्ये दाहाल–नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ जना नै छन् । यस्तो अवस्थामा गौतम जता लाग्छन्, राष्ट्रिय सभामा उसकै बहुमत पुग्छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.