भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सबै परीक्षा सञ्चालन हुने


  • आश्विन २२, २०७७
  • 568 Views
सबै परीक्षा सञ्चालन हुने image

काठमाडौँ । कोरोना जोखिमका कारण ७ महिनादेखि रोकिएका सबै तहका परीक्षा सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न बाटो खोलिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएका सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको थियो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना त्रासका कारण चैतदेखि रोकिएका सबै परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय भएको बुधबार जानकारी दिएका हुन् ।

परीक्षा सञ्चालनको स्वीकृति पाएसँगै त्रिविका ७ लाख र कक्षा १२ का चार लाख बढी विद्यार्थीको परीक्षा सञ्चालनको बाटो खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोनाका कारण विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन र रोकिएका सबै परीक्षा सञ्चालन गर्न अनुमति प्रस्ताव परिषद्मा पेस गरेका थिए । त्यही प्रस्तावमा छलफल गर्दै मन्त्रिपरिषद्ले परीक्षा सञ्चालनको अनुमति दिएको उनले जनाए ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी परीक्षा सञ्चालनका निकाय आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद् तथा शिक्षण संस्थालाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको उनले जनाए । व्यावसायिक तालिम प्रदायक संस्थालाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न व्यवसायका लागि तालिम प्रदान गर्न स्वीकृति दिइएको छ ।

त्यस्ता तालिममा २५ जनाभन्दा बढीको सहभागिता भने नगर्न भनिएको छ । त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने पनि सरकारले जनाएको छ । कोरोना संक्रमण बढ्दो जोखिमका कारण लकडाउन जारी गरिएपछि एसइई, कक्षा ११ र १२ को परीक्षा रोकिएको थियो । एसइई परीक्षा विद्यायले आन्तरिक मूल्यांकनबाटै लिए भने कक्षा ११ र १२ का साथै त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा रोकिएका छन् । बोर्ड प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले परीक्षाको सबै तयारी गरिसकेको र परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मको कार्ययोजासमेत तयार पारिसकेको बताए । नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.