भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

सम्झौता कार्यान्वयनलाई सहज बनाउन तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै


  • २०८० कार्तिक २२, बुधबार
  • 107 Views
सम्झौता कार्यान्वयनलाई सहज बनाउन तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै image

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका तिब्बतसँग जोडिएका सम्झौता कार्यान्वयनलाई सहज बनाउने प्रमुख उद्देश्यका साथ चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउन लागेका छन्।

प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उनको भ्रमण चार दिनको हुनेछ। छुङछेङले यस क्रममा उच्चस्तरीय भेटघाट गर्नेछन्। ‘प्रधानमन्त्री ज्यूको चीन भ्रमणका क्रममा तिब्बतसँग जोडिएका पूर्वाधारमा भएका विभिन्न सम्झौताहरू कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले सचिव वाङले यो भ्रमण गर्न लाग्नु भएको हो’, उनले नागरिकन्यूजसँग भने।

सल्लाहकार सापकोटाले भ्रमणका क्रममा दुई देशबीचको सीमा नाका व्यवस्थित गर्ने, व्यापारलाई चुस्त बनाउने जस्ता विषयमा पनि छलफल हुने जानकारी दिए । ‘यी विषयका साथै दुई देशबिचका सहमति, विश्वास र सद्भावलाई कसरी मजबुत बनाउने भन्नेमा पनि छलफल हुनेछ’, उनले भने। वाङले बुधवार दिउँसोबाटै आफ्नो भेटघाट सुरु गर्नेछन्। सुरुमा उपराष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ । नागरिक दैनिकबाट…


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.