भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सम्झौता कार्यान्वयनलाई सहज बनाउन तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै


  • कार्तिक २२, २०८०
  • 238 Views
सम्झौता कार्यान्वयनलाई सहज बनाउन तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै image

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका तिब्बतसँग जोडिएका सम्झौता कार्यान्वयनलाई सहज बनाउने प्रमुख उद्देश्यका साथ चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउन लागेका छन्।

प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उनको भ्रमण चार दिनको हुनेछ। छुङछेङले यस क्रममा उच्चस्तरीय भेटघाट गर्नेछन्। ‘प्रधानमन्त्री ज्यूको चीन भ्रमणका क्रममा तिब्बतसँग जोडिएका पूर्वाधारमा भएका विभिन्न सम्झौताहरू कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले सचिव वाङले यो भ्रमण गर्न लाग्नु भएको हो’, उनले नागरिकन्यूजसँग भने।

सल्लाहकार सापकोटाले भ्रमणका क्रममा दुई देशबीचको सीमा नाका व्यवस्थित गर्ने, व्यापारलाई चुस्त बनाउने जस्ता विषयमा पनि छलफल हुने जानकारी दिए । ‘यी विषयका साथै दुई देशबिचका सहमति, विश्वास र सद्भावलाई कसरी मजबुत बनाउने भन्नेमा पनि छलफल हुनेछ’, उनले भने। वाङले बुधवार दिउँसोबाटै आफ्नो भेटघाट सुरु गर्नेछन्। सुरुमा उपराष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ । नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.