भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सर्वोच्चमा पाँच महिनापछि आज संवैधानिक इजलास


  • फाल्गुन २०, २०७८
  • 476 Views
सर्वोच्चमा पाँच महिनापछि आज संवैधानिक इजलास image

काठमाडौं । सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । स‌ंवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन । १ फागुनमा जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् । राजधानी दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.