काठमाडौं । नेत्र विशेषज्ञ डा.सन्दुक रुइतको मोबाइलमा मंगलबार दिउँसो ३ बजेतिर टिङटिङ घन्टी बज्यो। बधाईसहितको म्यासेज ९सन्देश० पढ्दा उनको मुहार उज्यालो भयो। त्यो खुसी तत्कालै पत्नी नन्दालाई बाँडे। त्यसपछि सवारी साधन चढेर आफू संस्थापक रहेको तिलगंगा आँखा अस्पताल पुगे। सहकर्मी चिकित्सकसँग सभाहलमा खुसी साटे।
६८ वर्षीय डा. रुइतको मोबाइलमा आएको सन्देश प्रतिष्ठित इसा अवार्ड प्राप्तिको थियो। उनले हालसम्म पाएका अवार्डमध्ये सबैभन्दा उच्च हो यो। यति ठूलो रकमको अवार्ड सम्भवतः अरू नेपालीले पाएका छैनन्। यसको नगद राशि १० लाख डलर अर्थात् झन्डै १३ करोड ८ लाख रुपैयाँ छ। डा। रुइतले यो अवार्ड पाएसँगै मुलुकभरका चिकित्सक उत्साहित भएका छन्।
‘डा। रुइतले प्रतिष्ठित अवार्ड पाउँदा हामी सबैलाई उत्साह जागेको छ’, तिलगंगा आँखा अस्पतालमा कार्यरत डा। इन्दिरा पौडेलले भनिन्, ‘उहाँले व्यक्तिगत रूपमा पाएको भए पनि टिमले नै पाएको महसुस भएको छ।’ नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष डा. मीना चौधरीले डा.रुइतको कामले अन्तर्राष्ट्रिय रूपमा नै मान्यता पाएको बताइन्। ‘दृष्टिविहीनलाई नयाँ दृष्टि प्रदान गर्नुभएको थियो। जसको कदर गर्दै प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ’, डा। चौधरीले भनिन्, ‘यस अवार्डले अन्य नेपाली चिकित्सकहरूलाई थप प्रोत्साहन दिएको छ।’
नयाँ उपचार पद्धति
डा। रुइतले अपनाइरहेको आँखा उपचार पद्धति ९रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स० हो। उनको यो ‘नेपाल टेक्निक’ले विश्वमा चर्चा पाइरहेको छ। बहराइनको राजधानी म्यान्मामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा धेरै जना कौतुहलमा थिए। समारोहमा उपस्थित त्यहाँको राजपरिवारका सदस्य शेख मो। बिन मुबारक अल खालिफाले अन्धोपन निवारणमा डा। रुइतले गरेको कल्याणकारी कामका लागि उनलाई छनोट गरिएको जानकारी दिए।
अन्धोपन निवारणमा गरेको कल्याणकारी कामका लागि डा। सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका हुन् । यसको नगद राशि १० लाख डलर ९झन्डै १३ करोड ८ लाख रुपैयाँ० छ । डा। रुइत मोतीबिन्दुको शल्यक्रियाका लागि सूक्ष्म पद्धति उपयोग गर्छन्। उपचारको यो सजिलो पद्धति नेपालसहित विभिन्न मुलुकमा स्थापित छ। चीनका विभिन्न भूभाग, बंगलादेश, भुटान, भारत, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, उत्तर कोरियामा निकै स्थापित छ। दक्षिण अमेरिकाबाट नेत्र चिकित्सक तालिम लिन नेपाल आउने गर्छन्।
बहराइनको यो अवार्ड त्यहाँका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको हो। मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ। डा. रुइतको क्रान्तिकारी विधिले नेपालमा रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएको छ। उनलाई आगामी फेब्रुअरीमा सन् २०२३ को स्वर्ण पदकसहित प्रमाणपत्र प्रदान गरिने भएको छ। बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्डको पाँचौं संस्करण हो। यो अवार्ड सन् २०१३ देखि प्रदान गरिँदै आएको छ।
जुरी अध्यक्ष पलसनले डा। रुइतलाई नै छनोट गर्नुको कारण उल्लेख गर्दै अस्ट्रेलिया पुगेका बेला उतै बस्ने वातावरण हुँदाहुँदै स्वदेश फर्केर सेवामा तल्लिन रहेको बताएका थिए। अमेरिका पुगेर निकै सुविधाजनक जीवनयापन गर्न सक्ने र आँखाका बिरामीका लागि उपकरण अविष्कार गर्न सक्ने उल्लेख पनि उनले गरेका थिए। तर, उपचारमा सबैको पहुँच पुर्याउन लेन्सको आविस्कार गरी उपचार सेवालाई नेपालका साथै संसारभर पुर्याएको चर्चा उनले गरेका थिए। उनले डा। रुइतको मानव हितमा गरेको कामको योगदान गर्दै छनोट गरिएको जानकारी दिए।
न्यून लागतमा मोतीबिन्दुको शल्यक्रिया विधि प्रयोग गरि डा. रुइत नेपालसहित एसिया र विश्वका अन्य भूभागमा लाखौं व्यक्तिलाई दृष्टि पुनर्स्थापित गर्न सफल भएका छन्। डा। रुइतले अन्नपूर्ण पोस्टसँग भने, ‘म आफैंले व्यक्तिगत रूपमा १ लाख ३० हजारजतिलाई दृष्टि दिन सफल भएँ। संस्थागत र सामूहिक रूपमा त्यो भन्दा धेरैलाई दृष्टि पुनर्स्थापना गरिएको छ।’
उनले नै मोतीयाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका हुन््। उनले इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराउन सफल भएका छन्। जसबाट नेपाललगायत विकासोन्मुख मुलुकका दृष्टिविहीन व्यक्तिले संसार चियाउन पाएका छन्। ‘डा. रुइतले अवार्ड पाएको भए पनि संस्थाले नै पाएको हिसाबमा लिएका छौं। सबैले गरेको कामको मुूल्यांकन गरेर दिइएको अवार्ड हो’, तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले भनिन्, ‘यसले हामीलाई काम गर्ने हौसला दिएको छ। यो अवार्डले उत्तरदायित्व झन् बढाएको छ।’
डब्लूएचओलाई पछि पार्ने ‘दृश्यका देवता’
आफ्नै हातले १ लाख ३० हजार जनाको मोतीयाबिन्दु शल्यक्रिया गरेका डा। रुइत ‘दृश्यका देवता’ गड अफ साइटका रुपमा परिचित छन्। युनिभर्सिटी अफ मायामीका कानुन प्राध्यापक जोन पलसनको नेतृत्वमा रहेको जुरीले डा। रुइतलाई छनोट गरेको हो। सात जनाको जुरीले अवार्डका लागि सुरुमा १ सय ४५ व्यक्ति र संस्थालाई नोमिनेसनमा गरेको थियो। ६ जना र संस्थालाई ‘सर्टलिस्ट’ गरिएको थियो। जसमा स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसन अमेरिकास्थित परोपकारी संस्था मर्सी सिप, बंगलादेशको फ्रेन्ड्ससिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, र नेपालका डा। सन्दुक रुइत थिए।
अवार्डका लागि विश्व स्वास्थ्य संगठन डब्लूएचओको फाउन्डेसन बढी चर्चामा थियो। फाउन्डेसनले कोभिड संक्रमणका बेला खोपलगायत व्यवस्थापकीय कार्य गरेको थियो। ‘राजनीतिक, सामाजिक र क्षेत्रीय नेटवर्किङ हुन्छ। हामीजस्तो व्यक्तिको त्यो नेटवर्किङ कहाँ पो हुन्छ र रु’, डा। रुइतले भने, ‘पत्रकार सम्मेलन गरी अन्तिममा मेरो नाम पो छनोट गरेको घोषणा गर्यो। जुरी निष्पक्ष भएकाले नै नेपालीको छोरोले प्रतिष्ठित अवार्ड पाउन सफल भएको हो।’
अवार्ड छनोट समिति सदस्य तथा अनुसन्धानकर्ताले ६ जनाको सर्टलिस्ट प्रकाशनपछि स्थलगत अध्ययन एवं अवलोकन गरेका थिए। तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा। गुरुङका अनुसार अस्पतालमै आएर अध्ययन एवं अनुगमन गरिएको थियो। डा. रुइतले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएका छन्। भारतको लखनउस्थित किङ जज्र्स मेडिकल युनिभर्सिटीमा एमबीबीएस पढ्दा शल्यक्रियामा गोल्ड मेडल प्राप्त गरेका थिए। त्यस्तै सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार पाएका थिए।
त्यस्तै सन् २०१८ मा भारत सरकारद्वारा प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गरे। भुटानमा अन्धोपन निवारणसँगै सयौ व्यक्तिको दृष्टि फर्काउन विशेष योगदान पुर्यााएबापत २०७२ सालमा भुटानको उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट गोल्ड’ बाट सम्मानित भएका थिए। वि।स। २०७५ मा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाए। त्यस्तै २०७६ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री ९प्रथम० मानपदवीबाट विभूषित भए।
डा.रुइत ताप्लेजुङको ओलाङचुगोलामा जन्मिएका हुन्। सन् १९५४ सेप्टेम्बर ४ तारिखमा तमोर नदी सिरानमा उनको बाल्यकाल सुरु भएको थियो। उनका बुवा सोनाम रुइत र आमा केसाङ रुइत हुन्। सोनाम वाङग्यालले पुख्र्यौली तिब्बती गाउँ रुथोकको सम्झनामा रुइत थर थपेका थिए। त्यसपछि डा। सन्दुकमा पनि रुइत थर गाँसिन पुग्यो। तिब्बती भाषामा सन्दुकको अर्थ आकाशको ड्रयागन भन्ने हुन्छ। झाडापखालाले दाजु र ज्वरोले बहिनीको मृत्यु भएको थियो। काठमाडौंमै आफूसँगै बसेर पढिरहेकी बहिनी याङ्लाको क्षयरोगका कारण निधन भएपछि उनले चिकित्सक बन्ने लक्ष्य लिएका थिए। उनी सात वर्षको उमेरमा सेन्ट रोबर्टस स्कुल दार्जिलिङमा भर्ना भए। भारत र चीनबीच युद्ध भएकाले स्कुल बन्द भयो। त्यसपछि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुल भर्ना भए। कक्षा ७ बाट सिधै ९ कक्षामा फड्को मारे। सन् १९७० मा प्रथम श्रेणीमा एसएलसी र त्रीचन्द्रमा आइएस्सी सुरुवात गरे। भारतको लखनउस्थित किङ जज्र्स मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरे। त्यसपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स ९एम्स०बाट एमडी गरे।
वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा तीन वर्ष काम गरे। त्यसपछि उनले त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा आठ वर्ष सेवा गरे। सन् १९८७ मा अध्ययनका लागि अस्ट्रेलिया गए। उनले सन् १९९४ जुनमा तिलगंगा आँखा केन्द्र अस्पतालको स्थापना गरे। सेवालाई नै लक्ष्य बनाएका डा.रुइत निःशुल्क आँखा शिविर चलाउन गाउँबस्ती पुग्छन्। झन्डै २० वर्ष डेरामा बिताएका डा।रुइतले स्वयम्भूमा दुईतले घर किन्दा पनि ऋण बोक्नु पर्यो। तर, सेवाभावमा तल्लिन भइरहे। सन् १९८१ को सर्भे तथ्यांकमा नेपालमा अन्धोपन ९विशेषत स् मोतीबिन्दुका कारण० कुल जनसंख्यामा शून्य दशमलव ८ प्रतिशत थियो। तर, पछिल्लो तथ्यांकमा यो अनुपात झन्डै शून्य दशमलव ३ प्रतिशतभन्दा थोरै छ। त्यसमा डा. रुइतको योगदान अतुलनीय छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….
