भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा


  • श्रावण ११, २०७९
  • 411 Views
सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा image

काठमाडौं । सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।

बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ ।

प्रत्येक सार्वजनिक गाडीमा ‘डिभाइस’ जडान र सोही ‘डिभाइस’मा यात्रुले कार्ड ‘स्वाइप’ गरेर भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने तयारी छ । यसका लागि प्रदेश सरकारले सुरु चरणमा काठमाडौं उपत्यकामा यो व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा यो व्यवस्था सफल भएपछि क्रमशः बाग्मती प्रदेशका अन्य जिल्लामा लागू गर्दै लैजाने तयारीमा प्रदेश सरकार रहेको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा दसैंभित्रै यो व्यवस्था लागू गर्ने तयारीसमेत गरेको छ ।

बाग्मती प्रदेश सरकारले नगदरहित व्यवस्था लागू गर्ने तयारी गरे पनि यो पहिलो भने होइन । यसअघि, साझाका केही बसमा यस्तो प्रणाली जडान गरिएको थियो । तर, साझामा यो व्यवस्था प्रभावकारी बन्न सकेको थिएन ।

मन्त्रालयले ‘प्रिपेड कार्ड’बाट भाडा भुक्तानी कार्यका लागि प्रदेश भाडा निर्धारण तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ को नियम १० को उपनियम (३) बमोजिम सेवा प्रदायक छनोट गर्न लागिएको जनाएको छ ।

राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.