भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सार्वजनिक यातायातमा कोचाकोच


  • पुष १, २०७७
  • 828 Views
सार्वजनिक यातायातमा कोचाकोच image

काठमाडौं । कोरोना संक्रमण र दोस्रो चरणको लकडाउन खुलेसँगै सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। लकडाउन खुलेको केही साता सार्वजनिक यातायात चढ्न डराउने, हिचकिचाउने क्रम अहिले घटेको छ। अहिले सार्वजनिक सवारी खाली भेटिँदैनन्। सामान्य अवस्थामा झैं सार्वजनिक सवारीमा भीड हुन थालेको छ। ठेलमठेल गर्दै बसमा भित्र छिर्नुपर्ने अवस्था छ। यात्रु बीचमा दूरी कायम राख्ने ठाउँ देखिँदैन। बसमा स्यानिटाइजरका रित्ता खोल पनि भेटिन छाडेका छन् । अहिले कसैलाई पनि कोरोनाको चिन्ता छैन। चिन्ता न यात्रुलाई छ, न चालकलाई छ, न त सरकारलाई नै छ।

कालोपुल बस्ने सविना बराल गोंगबुको एक फाइनान्स कम्पनीमा काम गर्छिन्। दैनिक आउजाउ गर्न उनीसँग आफ्नो निजी साधन छैन। भन्छिन्, ‘सुरुसुरुमा बसमा यात्रा गर्न एकदमै डर लाग्थ्यो। तर, अहिले त्यो डर हरायो। सबै मान्छे हिँडिरहेकै छन्। काम गरिरहेकै छन्। त्यसैले मलाई पनि डर लाग्न छाड्यो।’ बिहान र बेलुका कार्यालय खुल्ने र बन्द हुने समयमा बसमा एकदमै भीडभाड हुने उनको अनुभव छ। उनी एक उदाहरण मात्रै हुन्। दैनिक कामकाजमा काठमाडौं उपत्यका ओहोरदोहोर गर्ने हजारौ हुन्छन्। सवारी चालक र सहचालक पनि अहिले कोरोनको डर हराउँदै गएको बताउँछन्।

काठमाडौं–भक्तपुर रुटमा बस चलाउने रमेश बलामी विगतमा जस्तो कोरोनाको त्रास नभएको बताउँछन्। सुरुमा सिटमा मात्रै यात्रु राख्ने नियम बनाए पनि हिजोआज नियम लागू नभएको उनले बताए। ‘सुरुआती दिनमा एक सिट खाली राखेर कुदाइयो। विस्तारै सिट क्षमतामा मात्र यात्रु राखियो। हिजोआज त्यो नियम लागू छैन। भीडले सिट र दूरी हेर्न छाडिसक्यो’, बलामीले भने।

यात्रु धेरै बोकेको भनेर चेकजाँच पनि नहुने बलामीले बताए। सिट क्षमतामा मात्रै मान्छे राखेर सवारी चलाउन उपत्यकाका सवारीले धान्न नसक्ने उनको ठहर छ। तर, विज्ञहरू भन्छन्, ‘अझै निडर हुने अवस्था आइसकेको छैन।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका प्रमुख डा। शेरबहादुर पुन अझै हामीले निडर भएर हिँड्ने अवस्था आइनसकेको बताउँछन्। ‘मान्छेहरू अहिले खुल्लै निडर भएर हिँड्न थालेका छन,’ उनले भने, ‘सबै क्षेत्रमा उस्तै छ। तर अहिले नै त्यो अवस्था आइसकेको छैन। अझै केही समय पर्खौं।’

नेपाल अहिले कोरोनाको कुन अवस्थामा पुग्यो भनेर भन्न नसकिने पुनले बताए। उनका अनुसार अहिले परीक्षण कम भएर संक्रमितको तथ्यांक कम देखिएको हो। सरकारले परीक्षण र कन्ट्याक्ट टे«सिङलाई रोकेकाले अवस्था यकिन गर्न नसकिएको पुनको ठम्याइँ छ। डा। पुन भन्छन, ‘रोकिएर शुल्क लिने भनियो, अनि मानिस परीक्षण गराउन छाडे। अहिले पनि ज्वरो आएकोलाई मात्रै निःशुल्क परीक्षण भनिएको छ। जसले संक्रमित परीक्षण गराउन आउँदैनन्। यसले गर्दा सही तथ्यांक हामीसँग छैन। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.