भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सिकल सेलले थारू समुदायको जनस्वास्थ्यलाई चुनौती, चुनावले समेत छोएन


  • कार्तिक २२, २०७९
  • 439 Views
सिकल सेलले थारू समुदायको जनस्वास्थ्यलाई चुनौती, चुनावले समेत छोएन image

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–११ जब्दीका ३० वर्षीय आशिष थारूमा सानैदेखि हाड–जोर्नी दुख्ने तथा पेटमा गाँठो पर्ने समस्या थियो । सामान्य परिवारका उनले किशोरावस्थामै दैनिक ज्यालादारीका लागि घर छाडे । १८ वर्षको उमेरमा चितवनमा श्रम गरिरहेका बखत उनी सिकिस्त बिरामी परे । कैयौं जाँच गर्दा पनि कारण पत्ता लागेन ।

नेपालगन्जको भेरी अस्पतालमा सिकल सेल एनिमियाको उपचार गराइरहेका बर्दियाको ठाकुरबाबा–७, सुन्दरपुरका १३ वर्षीय अनिल थारू, साथमा उनका बुबा र आमा । दम्पती दुवै सिकल सेलका बिरामी वा वाहक भए मात्रै सन्तानमा यो रोग देखिने भए पनि अनिलका बुबाआमाले परीक्षण गराएका छैनन् । फियो सुनिने समस्या हुनाले अपरेसनपछि फियो झिकियो ।

पित्तथैलीको पत्थरी पनि अपरेसन गरेर फालियो । करिब १२ वर्षअघिका दुवै ती अपरेसन कलेज अफ मेडिकल साइन्सेस भरतपुर, चितवनमा गरिएका थिए । ‘दुइटा अपरेसन गर्दा पनि निको नभएपछि हड्डी रोग विशेषज्ञलाई देखाएँ, क्यान्सर अस्पतालमा पनि पुगें तर ठीक भएन,’ आशिषले सुनाए ।

चार वर्षअघि जब चितवनको भरतपुर अस्पतालले रगतको नमुना लिएर ‘हेमोग्लोबिन इलेक्ट्रोफेरेसिस’ गर्‍यो, आशिषलाई ‘सिकल सेल एनिमिया’ भएको खुल्यो । त्यसयता उनले नियमित औषधि खाइरहेका छन् । आशिषमा लक्षण देखिएका बेला सिकल सेल अपवादजन्य रोग मानिन्थ्यो । त्यसैले अस्पतालहरूले सुरुमै त्यसको परीक्षण गरेनन् ।

त्यति बेला सिकल सेलको परीक्षण पनि नेपालमा हुँदैनथ्यो, रगतको नमुना लिएर भारत पठाउनुपर्थ्यो । हाल आशिषको उपचार गरिरहेका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार सिकल सेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसको राता रक्तकोषमा देखिने वंशाणुगत समस्या हो । यो रोग लागेपछि गोलो राता रक्तकोष हँसिया (सिकल) आकारका बन्छन् ।

मलेरिया प्रभावित क्षेत्रका बासिन्दामा मलेरियाविरुद्ध प्रतिरोधी क्षमता विकास हुने क्रममा राता रक्तकोषमा समस्या हुँदा सिकल सेल एनिमिया देखिन्छ । यो रोग बिरामी वा रोगवाहक बाबु आमाबाट सन्तानमा सर्दै जान्छ । चिकित्सकका अनुसार आशिष वंशाणुगत रूपमा सरेको सिकल सेल एनिमियाबाट पीडित हुन् ।

आमाको मृत्यु भइसकेको र बाबुको परीक्षण नगराइएकाले उनीहरू यस रोगबाट पीडित भए–नभएको बारे आफू अनभिज्ञ रहेको आशिषले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.