भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सीमा क्षेत्रमा भएको ज्यादती विरुद्ध दलका एजेन्डा किन मौन ?


  • मंसिर १, २०७९
  • 328 Views
सीमा क्षेत्रमा भएको ज्यादती विरुद्ध दलका एजेन्डा किन मौन ? image

काठमाडौं । सीमावर्ती क्षेत्रका बासिन्दाले भारतीय र चिनियाँ पक्षबाट वर्षौंदेखि भोगिरहेको ज्यादतीलाई कुनै पनि राजनीतिक दल र उम्मेदवारले चुनावी मुद्दा बनाएका छैनन् । सीमासम्बन्धी विवादलाई कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रतिबद्धता गरेका दलहरूले सीमावर्ती क्षेत्रमा दैनन्दिन परिरहेको समस्यालाई अदेखा गरेका हुन् ।

विगतमा पनि दलहरूले आफ्नो समस्यालाई नसुनेको त्यस क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । भारतसँग करिब १ हजार ८ सय ८० किमि र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइमा नेपालको सीमा जोडिएको छ । २७ जिल्लाका ६० संघीय निर्वाचन क्षेत्र भारततर्फ र १५ जिल्लाका १५ वटै संघीय निर्वाचन क्षेत्र चीनतर्फ छन् ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा एसएसबी र सशस्त्र वन रक्षकबाट लुटपिटका घटना दोहोरिरहने गरेका छन्  । एसएसबी र सशस्त्र वन रक्षकबाट नेपाली मारिएका घटना पनि पटक–पटक भएका छन् । भारतीय वन रक्षकले २०६९ फागुन १३ मा गोली हानेर घाइते बनाएपछि बेपत्ता बनाएका गुलरियाका राममिलन लोधकी पार्वती भन्छिन्, ‘श्रीमान् १० वर्षदेखि बेपत्ता हुनुहुन्छ, न नेताले कुरा उठाउँछन्, न सरकार बोल्छ । नेताहरू चुनावमा आएर यसो गर्छौं, उसो गर्छौं भन्छन् तर चुनाव सकिएपछि हराउँछन् ।’

यो खबर आजको कान्तिपुरमा छ ।

 


Thali Mobile Pvt.Ltd.