भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुन्तला बगैचामै दिन बित्छ


  • पुष १४, २०७९
  • 192 Views
सुन्तला बगैचामै दिन बित्छ image

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका १ नयाँगाउँका टिका बहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहार सुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र विक्री गर्ने भएकोले त झन उनी बगैचामै ब्यस्त हुन्छन् । आजकल हमाललाई भेट्नपरे सुन्तलाको बगैचामै पुग्नुपर्छ । ५३ बर्षिया हमालले विगत ३१ बर्षदेखि सुन्तला खेति गर्दै आएका छन् । सुन्तला खेतिबाटै उनले बार्षिक पाचँदेखि छ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

‘गतबर्षभन्दा यो बर्ष राम्रो उत्पादन भएको छ ।’ उनले भने, ‘अहिले कम्तिमा सात लाखको सुन्तला बिक्री गर्ने अनुमान छ ।’ सुन्तला लिन घरमै ब्यापारी आउछन् । उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटबलसम्म पुग्छ । अहिले प्रति किलो ५० देखि ६० रुपँैयामा सुन्तला विक्रि गरिरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारिमा जाने युवाहरुको प्रतिस्पर्धा छ । तर, हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । ‘यो पुख्र्यौली पेशा हो, मैले ब्यवसायीकरण गरेको मात्र हुँ ।’ उनले भने, ‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।’

उनले कुल १२ रोपनी जग्गामा सुन्तला खेती गर्दे आएका छन् । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भईरहेको छ भने थप ४० हजार विरुवा नर्सरीमा छन् । केहि बर्षपछि ति विरुवाले पनि उत्पादन दिदाँ उनको आम्दानी झनै बढ्ने हमाल बताउछन् । सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनको भनाई छ । सोहि ठाउँकै गोमादेवी पोख्रेलले पनि ०४७ सालदेखि सुन्तला खेती गर्दैै आएकी छिन् । कुल तीन रोपनी जग्गामा ११५ बोट सुन्तला छन् । सुन्तलाका साथसाथै बारीमा अन्य खेती पनि हुन्छ । उक्त बोटमा अहिले २५ क्विन्टलजति सुन्तला उत्पादन भएको छ ।

‘गत बर्ष १५ क्विन्टल सुन्तला बिक्रिबाट एक लाभन्दा बढी आम्दानी भएको थियो ।’ उनले भनिन्, ‘यो बर्ष उत्पादन राम्रो छ, ढाईलाखसम्म आम्दानी हुन्छ ।’ व्यापारीहरु घरसम्मै आएर सुन्तला लैजाने उनको भनाई छ । अर्की स्थानीय प्रेमकला खनालले यस बर्ष डेढ लाखमा सुन्तलाको बगैचा नै विक्री गरिन् । स्थानीय व्यापारीलाई ठेक्कामा नै बिक्री गरेकी उनको बारीमा अहिले दुई सय बोट सुन्तला छन् । ‘बार्षिक ३० क्विन्टलको हाराहारीमा सुन्तला उत्पादन हुन्छ, गत बर्ष ९० हजारको बेचे ।’ उनले भनिन्, ‘टिप्न र जोख्न झन्झट हुने भएकोले यो बर्ष बगैँचा नै विक्रि गरे ।’ अर्का किसान भविष्वर पौडेलले पनि सुन्तला बिक्रिीबाट ६० हजारभन्दा बढी आम्दानी गर्छन ।

नयाँगाउँकै तारा बहादुर जिसीले सुन्तलाको व्यापारीको रुपमा काम गर्छन । उनले गत बर्ष मात्रै नयाँगाउँबाट ४० लाखको सुन्तला निर्यात गरेका थिए । यस बर्ष सुन्तला उत्पादन राम्रो भएको झण्डै ५० लाखको निर्यात गर्ने जिसी बताउछन् । किसानसँगबाट औषतमा ४५ देखि ५० रुपैँयामा खरिद गरी तम्घास र बुटबलसम्म निर्यात गर्ने उनी बताउछन् ।

विचौलियाको मारमा कृषक

गुल्मीमा सुन्तलाको उत्पादन अध्याधिक मात्रामा हुने गरेको छ । तर जिल्लामै भण्डारण गर्ने चिस्यान केन्द्र छैन् । जसले गर्दा किसान बिचौलियाको मारमा पर्ने गरेका छन् । ‘टिपेर लामो समयसम्म राख्न पनि मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ ।’ १ नयाँगाउँकी गोमादेवी पोखरेलले भनिन्, ‘आफूखुसि मूख्य राखेर ब्यापारिले लैजान्छन् ।’ त्यसका साथै सिँचाईको सुविधा, आवश्यक मल लगायतका सुविधा भए सुन्तला उत्पादनमा बृद्धि गर्न सक्ने पोखरेलको भनाई छ ।

अर्का किसान मिलन खनालले सडकको राम्रो सुविधा भए यातायातमा सहज हुने र किसानले बढी मुल्य पाउने बताए । धुर्कोट गाउँपालिका –१ नयाँगाउँका वडाध्यक्ष चेतमान कुँवरले सुन्तलाको उत्पादनका लागि बीउ र बिरुवामा अनुदान दिने लगायतका कार्यक्रम संचालन गरेको बताए । नयाँगाउँको प्रमुख आम्दानीको स्रोत नै सुन्तला भएकोले त्यसको उत्पादन बृद्धि र बजारीकरणका लागि आफुहरुले पहल गरेको कुँवरको भनाई छ ।

गुल्मीमा २९ करोडको सुन्तला

सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ । राम्रो मौसम, अनुदान लगायतका कारणले जिल्लामा यस बर्ष २९ करोड ३७ लख दुई हजार भन्दा बढीका सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । ‘उत्पादित सुन्तला बजारमा आउने क्रम जारी छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले भने, ‘गत बर्ष २५ करोडको सुन्तला उत्पादन भएकोमा यस बर्ष उत्पादनमा बृद्धि भएको छ ।’ खुद्रा बजारमा भने सुन्तलाको भाउ भने प्रतिकिलो १२० रुपैयाँसम्म रहेको छ ।

यी हुन सुन्तला उत्पादन हुने मुख्य क्षेत्र

जिल्लामा कुल ५८८ हेक्टर जमिन सुन्तला खेतीको लागि योग्य छ । मुसिकोट नगरपालिका– ९ अर्लाङ्ककोटमा ५० हेक्टरमा जमिनमा सुन्तला उत्पादन हुन्छ । मुसिकोटकै वडा नम्बर ८ मा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । रुरु गाउँपालिकाको बलेटक्सारमा १० हेक्टर, छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन हुदैँ आएको छ । सोहि गाउँपालिकाकै हर्दिनेटामा १६१ हेक्टर, हुँगामा १५ हेक्टर गुल्मीदरबार गाउँपालिकाको गौडाकोटमा ५० हेक्टर, विरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ ।

गुल्मीदरबारकै राजामा ३० हेक्टर, धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा १४० हेक्टर, नयाँगाउँमा २२५ हेक्टर, पीपलधारामा १ सय ३८ हेक्टर, हाडहाडेमा १२९ हेक्टर, जैसिथोकमा १० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुदैँ आएको छ । वाग्लामा १५ हेक्टर, मदाने गाउँपालिकाको भनभनेमा ३० हेक्टर, पुर्कोट दहमा १० हेक्टर, कालिगण्डगी गाउँपालिकाको भुर्तङ्गमा १० हेक्टर, जयखानीमा ७० हेक्टर, अर्वेनीमा २० हेक्टर, रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ भाडगाउँ, ४ अर्खले, ५ को बालकाटे र ६ को गुरुङ्गगाउँ लगायतका स्थानमा १९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । चन्द्रकोट गाउँपालिकाको हरेवामा ४० हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.