काठमाडौँ । सरकारले ९ अर्ब ९२ करोड रूपैयाँ खर्चेर तीनवर्ष अगावै भेरी(बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको १२।२० किलोमिटर सुरुङ तयार गर्यो। सुरुङमार्ग सँगसँगै आयोजनाको सिभिल संरचना ९हेडवर्क्स, पावर हाउस र सर्ज साफ्ट० निर्माण कार्य सँगसँगै अघि बढाउन नसक्दा सुरुङमार्ग तयार भए पनि आयोजनामा निर्माण कार्य सम्पन्न हुन सकेको छैन। सरकारले झण्डै १० अर्ब रूपैयाँ खर्चेर २०७७ भदौ १७ मा सुरुङ मार्ग तयार पारेको थियो।
सुरुङमार्गसँगै प्रत्यक्ष सरोकार राख्ने हेडवर्क्स, पावरहाउस र सर्ज साफ्ट निर्माण नहुँदा तीन वर्ष अघि तयार भएको सुरुङमार्गको संरचना बेकामे हुँदै आइरहेको छ। भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाको सिभिल संरचना ९हेडवर्क्स, पावर हाउस तथा सर्ज साफ्ट० निर्माणमा अनुमानित लागतभन्दा ३५ प्रतिशत कम रकममा कबोल गरेर ठेक्का पाएको ग्वाङडोङ युवाङटेयरिङ–रमण जेभीले सिभिल संरचना निमार्णमा गरेको ढिलासुस्तीका कारणले समग्र परियोजना नै लामो समयदेखि अलपत्र पर्दै आइरहेको छ। ठेकेदार कम्पनीले यो संरचनाको ठेक्का २०७६ साउन १३ गते पाएको थियो।
सुरुङमार्गसँगै प्रत्यक्ष सरोकार राख्ने हेडवर्क्स, पावरहाउस र सर्ज साफ्ट निर्माण नहुँदा तीन वर्ष अघि तयार भएको सुरुङमार्गको संरचना बेकामे हुँदै आइरहेको छ। ठेकेदार कम्पनीले ठेक्का सम्झौता अनुसार २०८० साउन २९ गतेसम्म सिभिल संरचना निर्माण गरिसक्नुपर्ने हुन्छ। आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्ममा सिभिल संरचनाको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४५।०५ प्रतिशत अर्थात् २ अर्ब ७७ करोड रूपैयाँ खर्च भएको छ।
ठेकेदार कम्पनीले चार वर्षको अवधिमा आधा काम पनि सम्पन्न गर्न सकेको छैन। भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार हेडवक्र्स लगायतका संरचना निर्माणमा ढिलासुस्ती गरेको बताए। ‘कोभिड १९ का कारणले भएको लकडाउन र ठेकेदार कम्पनीको आलटालका कारणले हेडवक्र्स संरचना निर्माण कार्यले गति लिन सकेको छैन,’ उनले भने, ‘ठेक्का सम्झौता अनुसार सिभिलवक्र्सको ठेक्का पाएको कम्पनीको म्याद अब ४ दिन मात्रै बाँकी छ।’
सिनियर डिभिजनल इन्जिनियर सुवेदीले ठेकेदार कम्पनीले तीन वर्ष म्याद थप्न माग गरे पनि जल तथा सिँचाइ विभागले आवश्यक अध्ययन गरेर म्याद थपको प्रक्रियाअघि बढाउने बताए। ‘अहिले म्याद थपको विषयमा पुनर्विचार भइरहेको छ,’ उनले भने, ‘कोभिड १९ र लकडाउनको कारणले एक वर्ष म्याद थप गर्नैपर्ने देखिन्छ।’
आयोजनाले हेडवक्र्स सिभिल र सर्ज साफ्ट निर्माणको लागि अनुमानित लागत भ्याटबाहेक ११ अर्ब ५२ करोड ६१ लाख ३० हजार कायम गरेको थियो। ठेकेदार कम्पनीले भने भ्याटबाहेक ६ अर्ब १६ करोड ५२ लाख ५५ हजारमा ठेक्का पाएको थियो। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले हेडवर्क्स, पावरहाउस तथा सर्ज साफ्ट निर्माणको काम ४५ प्रतिशत भएको बताए। ‘निर्माण कम्पनीले अनुमानित लागतभन्दा ३५ प्रतिशत कम लागतमा कबोल गरेर ठेक्का पाएको थियो।
‘अहिले आयोजना निर्माणको काम अपेक्षित गतिमा भइरहेको छैन,’ उनले भने, ‘ठेक्का सम्झौता अनुसार आयोजनाको म्याद सकिन ४ दिनमात्रै बाँकी छ।’ सिनियर डिभिजनल इन्जिनियर सुवेदीले बर्सात सकिएसँगै हेडवर्क्स निर्माणको कामले गति लिन सक्ने दाबी गरे। आयोजनाको अहिलेसम्मको समष्टिगत भौतिक प्रगति ६२ प्रतिशत पुगेको छ। त्यसैगरी वित्तीय प्रगति ५४।८६ प्रतिशत भएको छ।
सिनियर डिभिजनल इन्जिनियर सुवेदीले ठेकेदार कम्पनीले तीन वर्ष म्याद थप्न माग गरे पनि जल तथा सिँचाइ विभागले आवश्यक अध्ययन गरेर म्याद थपको प्रक्रियाअघि बढाउने बताए। सरकारले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सेवा उपलब्ध गराउने भन्दै भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजना अघि सारेको थियो। सरकारले ०६८र६९ मा भेरी बबई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गर्दै १० वर्षभित्रै अर्थात् ०७९र८० सम्म सम्पन्न गर्ने लक्ष्य राखेको थियो।
सो सिँचाइ आयोजनाबाट बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउन भेरी नदीबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी बबई नदीमा खसालिने योजनासहित सुरु गरिएको थियो।सरकारले यो आयोजनाको लागि ३३ अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान गरेको छ। हालसम्म यो आयोजनामा १६ अर्ब ५२ करोड रूपैयाँ खर्च भइसकेको छ। सरकारले गत आवमा यो आयोजनाको लागि एक अर्ब ३९ करोड ७९ लाख १० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटको ७८।५१ प्रतिशत अर्थात् एक अर्ब ९ करोड रूपैयाँ मात्र खर्च भएको छ। नागरिक दैनिकबाट…