भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हट्यो


  • आश्विन १९, २०८०
  • 404 Views
सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हट्यो image

काठमाडौं । चौतर्फी दबाबपछि बल्ल नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटाएर साबिकको भन्दा केही वृद्धि गरेको छ । हालसम्म व्यक्ति र संस्थाले सेयर धितोमा जम्मा १२ करोड रुपैयाँ मात्रै ऋण पाउँदैआएका थिए । राष्ट्र बैंकले गरेको यो नयाँ व्यवस्थापछि अब व्यक्तिले सेयर धितोमा १५ करोड रुपैयाँ र संस्थाले २० करोड रुपैयाँसम्म ऋण पाउँनेछन् । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका संशोधन गर्दै सेयर धितो कर्जाको सीमा वृद्धि गरिदिएको हो ।

चौतर्फी रूपमा भएको दबाब र आलोचना थेग्न नसकेपछि राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको सीमा वृद्धि गरेको हो ।राष्ट्र बैंकले बिहीबार राति सर्क‘लर जारी गर्दै संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा बढाएर २० करोड रुपैयाँसम्म कायम गरेको हो । बिहीबार जारी राष्ट्र बैंकको सर्कुलरमा ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको उल्लेख छ ।’

यसअघि निजी क्षेत्रले धेरैपटक सरकारसँग यस्तो सीमा हटाउन माग गर्दै आएका थिए । अब सेयर धितो राखेर व्यक्तिगत कारोबारीले समग्र बैंकिङ प्रणालीबाट १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । त्यसैगरी, संस्थागत लगानीकर्ताको हकमा यो सीमा २० करोड कायम गरिएको हो । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो । सेयर बजार बुलिस ट्रेन्डमा रहेका बेला राष्ट्र बैंकले दुई वर्षअघि १२ करोडको क्याप लगाएको थियो । त्यतिखेर व्यक्तिगत लगानीकर्तालाई ४ करोडको सीमा तोकिएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत क्याप तोकेपछि सेयर बजार निरन्तर घटेको थियो ।

दुई वर्षअघि ३ हजार २ सय अंकमा पुगेको नेप्से एक वर्षअघि १ हजार ८ सय ६ अंकमा झरेको थियो । सो सीमाको विरोधमा कतिपय लगानीकर्ता सडकमा उत्रिएका थिए । त्यसपछि राष्ट्र बैंकले व्यक्तिगततर्फको सीमा पनि संस्थागतसरह १२ करोड रुपैयाँ नै पु¥याएको थियो । संस्थागत लगानीकर्ताका हकमा रिजिड बनेको भन्दै राष्ट्र बैंकको आलोचना रोकिएको थिएन । व्यक्तिगत लगानीकर्ताका लागि पनि १२ करोडको सीमा बढाउनुपर्ने आवाज उठेको थियो । यसअघि अर्थमन्त्री डा। प्रकाशशरण महतले राष्ट्र बैंकको नीतिकै कारण सेयर बजार घटिरहेको भन्दै सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने अभिव्यक्ति सार्वजनिक मञ्चबाटै दिँदैआएका थिए ।

अर्थमन्त्रीले मात्र नभएर सेयर बजारप्रति अनुदार मानिने पूर्वअर्थमन्त्री एवं पूर्वगभर्नर डा। युवराज खतिवडाले समेत नेप्सेमा गिरावट आउनुमा राष्ट्र बैंक दोषी रहेको बताएपछि गभर्नर महाप्रसाद अधिकारी थप दबाबमा परेका थिए । खतिवडा गभर्नर अधिकारीले मान्ने व्यक्तिमा पर्छन् । सोही कारण अहिले राष्ट्र बैंकले खतिवडाको सुझाव मानिदिएको सम्बन्धित सरोकारवालाहरूले अनुमान गरेका छन् । पूर्वअर्थमन्त्री खतिवडाले बुधबार त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागले गरेको कार्यक्रममा समेत गभर्नर अधिकारीकै सामुन्ने मौद्रिक नीतिमा लचकता अपनाउन र सेयर धितो कर्जाको सीमा बढाउन सुझाव दिएका थिए ।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले पनि आर्थिक गतिविधि नै ठप्प हुने खालको मौद्रिक नीति ल्याएको भनेर गभर्नर अधिकारीसँग निकै चर्किएर बोलेका थिए । यस्तै, चौतर्फी दबाबमा परेका गभर्नर अधिकारीले बाध्य भएर अहिले लगानीकर्ताको माग पूरा गरिदिएको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.