भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सोलुखोला दूधकोशी हाड्रोपावरमा एक महिनामा तीन कामदारको मृत्यु


  • माघ १७, २०७८
  • 463 Views
सोलुखोला दूधकोशी हाड्रोपावरमा एक महिनामा तीन कामदारको मृत्यु image

सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा एक महिनाभित्र ३ जना कामदारको ज्यान गएको छ। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चन क्षेत्रमा निर्माणाधीन हाइड्रोपावरमा करिब एक महिनाको अवधीमा तीन जनाको ज्यान गएको हो।

गत पुस ११ गते हाइड्रोपावरको पाइप पड्कँदा दुई इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो भने मोहम्मद रायन घाइते भएका थिए। उक्त घटनाको ठिक ३२ दिनपछि माघ १३ गते सोही स्थानको सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा एक जना कामदारको ज्यान गएको थियो भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

सुरुङ भित्र बेपत्ता बनेका बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको शव नेपाली सेना, नेपाल प्रहरी र आयोजनाको कर्मचारीहरुले तीन दिनपछि शनिबार दिउँसो १६० मिटर गहिराइमा फेला पारेका छन्। घाइते पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। यसअघि दुई जना इन्जिनियरको मृत्यु भएपछि घटनाबारे छानविन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस १३ गते सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट…….

 


Thali Mobile Pvt.Ltd.