भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सौराहाका हात्ती नाका कटाएर बेचिँदै


  • चैत्र १६, २०७८
  • 457 Views
सौराहाका हात्ती नाका कटाएर बेचिँदै image

पर्सा । चितवनका हात्ती अनधिकृत रूपमा बिक्रीका लागि भारत पुर्‍याउने समूह सक्रिय रहेको खुलेको छ । प्रहरीले पर्साको पकाहामैनपुर–५ पोखरियाबाट तस्करी आरोपमा दुई हात्तीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पकाहामैनपुर–५ का ३५ वर्षीय अफरोज आलम, चितवनको भरतपुर–१८ का ६० वर्षीय बुदीराम महतो र ४० वर्षीय राजु कुमाल छन् ।

महतो र कुमाल माउते र आलम हात्ती तस्कर रहेको प्रहरीको भनाइ छ । तीन जनामाथि कारबाहीका लागि प्रहरीले हात्तीसहित पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश खनालका अनुसार आलमले दुवै हात्ती चितवनबाट ल्याएको र शनिबार भारततर्फ बेच्न लैजान लागेको सूचना पाएपछि टोली परिचालन गरी नियन्त्रणमा लिइएको हो ।

‘आलमले चितवनबाट ल्याएका हात्ती करिब एक वर्षदेखि पर्सामा राखेका थिए । हात्ती बोर्डर कटाउने मौकामा थिए,’ डीएसपी खनालले भने, ‘नेपालबाट यसरी हात्ती भारतको उत्तर प्रदेश, पञ्जाबसम्म पुर्‍याएर बेच्ने गरेको खुलेको छ ।’

हात्ती बिनाइजाजत पाल्नु र भारत लगेर बिक्री गर्नु अवैध भएकाले संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पशु अधिकारको क्षेत्रमा कार्यरत सृष्टि सिंह श्रेष्ठले हात्ती भारततर्फ बिक्री गर्न लग्दै गरेको सूचना आएपछि प्रहरीलाई सूचित गरेको बताइन् । ‘सौराहामा पालिने गरेका निजी हात्ती भारतमा लगेर बिक्री गरिन्छ,’ उनले भने, ‘यीबाहेक अन्य २ हात्ती पनि आलमको समूहले भारत लग्न खोजेको सूचना पाएका थियौं । त्यसमा ६ महिनादेखि गृहकार्य गरिरहेका थियौं, बीचमै यो केस थाहा पायौं ।’

आफूहरूले सौराहाका हात्तीधनीसँग कुरा गरे पनि निजी हात्ती पर्साको बाटो हुँदै भारत लैजाने गरेको यकिन भएको श्रेष्ठ बताउँछिन् । ‘हामीले भारतका पशु अधिकारकर्मीसँग पनि सहकार्य गर्‍यौं, भारतमा विवाह, मठमन्दिरमा हात्तीको अझै पनि व्यापक प्रयोग हुने गरेको छ,’ उनले भनिन्, ‘उमेर र स्वास्थ्यअनुसार त्यहाँ एउटा हात्ती ६० देखि ७० लाख रुपैयाँसम्ममा खरिदबिक्री हुन्छ ।’

सौराहामा करिब सय निजी हात्ती रहेको उनले बताइन् । कोरोना महामारीसँगैको लकडाउनको समयमा सौराहामा पर्यटन गतिविधि ठप्प भएपछि कतिपयले हात्ती पाल्न गाह्रो परेर बेचेका छन् । सरकारले सौराहामा निजी हात्ती दर्ता प्रक्रिया सुरु गरेको छ । हालसम्म करिब ४० वटा मात्र दर्ता भएको छ । एक दर्जन निजी हात्तीको तथ्यांक नरहेकाले ती हात्ती तस्करी भई भारत पुगिसकेको वा भारत लग्न अन्यत्र लुकाएर राखिएको हुन सक्ने उनले बताइन् ।

युरोपेली मुलुकका पर्यटकले हात्ती सफारी बहिष्कार गरिसकेको र अन्य देशका पर्यटक पनि बिस्तारै सचेत हुँदै गएकाले सौराहाका हात्तीधनीले हात्ती दर्तादेखि आफूसँग भएका हात्तीको राम्रो व्यवस्थापन गर्न सके त्यसले पर्यटन र देशलाई नै लाभ हुने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘यसो गर्दा बूढो तथा रोगी हात्तीको व्यवस्थापनमा पशु अधिकारकर्मी तथा सरकारको पनि भूमिका तथा सहयोग उपलब्ध भई यस्ता हात्ती फाल्ने वा तस्करलाई दिएर जोखिम मोल्ने अवस्था पनि अन्त्य हुन जान्छ । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत एवम् सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार साइटिसको अनुसूची १ मा रहेकाले हात्तीको ओसारपसार तथा बिक्रीवितरण अवैध हुन्छ । कान्तिपुुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.