काठमाडौं । पछिल्ला नौ वर्षमा सुन तस्करीमा संलग्न ७२२ जना पक्राउ परे, तर गिरोहका नाइके कहिल्यै फेला परेनन् । ०७१र७२ यता सुन तस्करीमा संलग्न ७२२ जना पक्राउ परेका छन् । तर, ३३ केजी सुन काण्डमा पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’बाहेक सबै भरिया तहका केही कर्मचारीलाई छाडेर० मात्रै छन् । गोरे पनि मुख्य नाइके भने होइनन् । उच्च तहको राजनीतिक, प्रशासनिक र प्रहरी संरक्षणमा रहने तस्कर गिरोहका नाइके भने सधैँ जोगिने गरेका छन् ।
प्रहरी तथ्यांंकअनुसार ०७१र७२ देखि ०८० साउन पहिलो सातासम्म देशभरबाट सुन तस्करीको अभियोगमा पक्राउ परेकामध्ये ६८।८४ प्रतिशत सबैभन्दा संवेदनशील र सुरक्षित मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका हुन् । ४९७ जना विमानस्थलबाट पक्राउ परेको प्रहरी तथ्यांक छ । यस क्रममा तस्करीको आठ सय नौ किलो सुन बरामद भएको छ ।
पछिल्लोपटक गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपाससमेत गरेर बाहिरिएको एक क्विन्टल सुन ट्याक्सीमा हालेर लैजान लाग्दा बरामद भयो । राज्य संयन्त्रलाई नै चुनौती दिने गरी एकैपटक यति ठूलो परिमाणमा सुन बरामद भएपछि आमसर्वसाधारणले सोचेका थिए– घटनामा ठूलै गिरोह समातिनेछन् । तर, दोलखा मेलुङ गाउँपालिका– १ का २१ वर्षीय दिलीप भुजेल पक्राउ परे, जो ६ महिनाअघिसम्म काठमाडौंमा ज्यामी काम गर्थे । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौंमै ज्याला–मजदुरी गर्दै आएका छन् ।
उक्त सुन दिलीपकै नाममा दर्ता ‘रेडी ट्रेड’ कम्पनीका लागि हङकङबाट आएको थियो । जुन कम्पनी ७८ दिनअघि मात्रै कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । कम्पनीले सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’भित्र लुकाएर ल्याएको सोही प्रकृतिको पार्टस् कम्पनीले यस अवधिमा २२ पटक ल्याएको अनुसन्धानबाट खुलिसकेको छ । यो घटनामा राजस्व अनुसन्धान विभागले आइतबारसम्म १६ जना पक्राउ गरेको छ । उनीहरूमध्ये विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्दबाहेक सबै ड्राइभर र भरिया मात्रै छन् । एक क्विन्टल सुन तस्करीका मुख्य नाइके अझै पक्राउ परेका छैनन् । यद्यपि, विभागको अनुसन्धान जारी नै छ ।
गत पुसमा विमानस्थलबाटै सुन तस्करीको अर्को घटना भयो । १० पुसमा फ्लाई दुबईको जहाज हुँदै ठूलो परिमाणमा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको ई–सिगरेट ९विद्युतीय चुरोट० बरामद भयो । सिगरेटलाई केही महिना भन्सार कार्यालयमै राखियो । सिगरेट छुटाउन भन्सार कार्यालयमा अनेक दबाब दिइयो । जब सिगरेट नागकीय ढंगले चोरी भयो, त्यसपछि खुल्यो– सिगरेटभित्र साढे नौ किलो सुन लुकाइएको थियो ।
प्रहरीले घटनामा संलग्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्कासहित ६ जनालाई पक्राउ गर्यो । तर, सुनको वास्तविक मालिक पत्ता लागेन । प्रहरी अनुसन्धान मालिक पहिल्याउने तहसम्म पुग्नै सकेन । ८ पुसमा पनि अन्तराष्ट्रिय विमानस्थलमै १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको जहाजबाटै विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा ‘स्प्रे’ गरेर ल्याएका थिए । तर, प्रहरीको अनुसन्धान डफलाभन्दा अघि बढ्न सकेन । न उक्त सुनको वास्तविक मालिक पत्ता लाग्यो, न घटनामा संलग्न थप अभियुक्त नै पक्राउ परे । घटनामा जो पक्राउ परे, उनी भरिया मात्रै थिए ।
गत ८ कात्तिकमा पनि ‘स्प्रे’ गरिएको ४२९।८२० ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परे । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए । उनले कार्टुन बक्सको भित्री तहमा ‘स्प्रे’ गरेर सुन ल्याएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । शंकास्पद उनलाई ‘एक्सरे मेसिन’मा राखेर चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुई ‘क्याप्सुल’ भेटियो । क्याप्सुल गाल्दा २५०।८५० ग्राम सुन फेला परेको थियो । जसलाई उनी भारत लैजाने तयारीमा थिए । पक्राउ परेका उनी पनि भरिया मात्रै थिए ।
कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेर गत १७ फागुनको बिहान २स्२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । लगेजसहित आएका उनी विमानस्थलको आगमन कक्षबाट सरासर बाहिरिए । शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । कुनै गल्ती नगरेको भन्दै उनी प्रहरीसँग टकटकिए । उनको शरीरबाट कपडा पालैपालो उतारियो । उनले लगाएका पाइन्ट र गन्जीको तौल अस्वाभाविक देखियो ।
प्रहरीले पाइन्टको भित्री भाग उल्टायो, तर केही भेटिएन । त्यसवेलासम्म फैजन गलेका थिएनन् । जब प्रहरीले पाइन्टको सिलाइ उधार्न थाल्यो, बल्ल उनी गल्न थाले । किनकि पाइन्टभित्र सुनले ‘स्प्रे’ गरिएको यस्तो पत्र थियो, जुन उनले कुवेतदेखि लगाएर आएका थिए । प्रहरीले उनको गन्जीको सिलाइ पनि उधार्यो । त्यसभित्र पनि सुनले ‘स्पे्र’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनको पाइन्ट र गन्जीभित्र मात्रै ‘स्प्रे’ गरिएको एक किलो दुई सय ग्राम सुन फेला परेको थियो । पक्राउ परेका उनी पनि केवल भरिया मात्रै थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी र त्यसमा संलग्न भरिया मात्रै पक्राउ पर्ने माथिका पाँच प्रतिनिधि घटना मात्रै हुन् । नौ वर्षयता विमानस्थलबाट हुने सुन तस्करीका घटनामा संलग्न चार सय ८१ अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने लगभग सबै अभियुक्त भरिया हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायत लागुऔषध तस्करीकै शैलीमा संगठित तवरले सुनको तस्करी गरिएको हुँदा भरिया मात्रै पक्राउ परेको बताउँछन् । ‘सुन तस्करीका घटनामा प्रहरीको अप्रेसन हुँदा निश्चित रूपमा भरिया मात्रै पक्राउ पर्छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका अभियुक्तको स्थिति हेर्दा त्यस्तै देखिन्छ । यसको पछाडि खास कारण छन् । जस्तो– लागुऔषध तस्करले तस्करीका लागि खास विधि अपनाउँछन् । जसकारण घटनामा संलग्न खास अभियुक्तसम्म अनुसन्धान पुग्नै सक्दैन । सुन तस्करीमा पनि सोही विधि प्रयोग भएको देखिन्छ । त्यसो हुँदा प्रहरीले चाहेर पनि तस्करका मुख्य अभियुक्तसम्म पुग्न सकिने अवस्था छैन,’ उनले भने ।
चूडामणि उप्रेती ‘गोरे’ जोडिएको ३३ किलो सुन प्रकरणको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका पूर्वएआइजी वसन्त लामाले भने सुन तस्करीलाई राज्यले प्राथमिकतामा नराखेकाले मुख्य नाइके पक्राउ नपरेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको पूर्वप्रमुखसमेत रहेका नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा विमानस्थलका कर्मचारीको मिलेमतोविना तस्करी हुन नसक्ने ठोकुवा गर्छन् ।
साढे ३३ केजी सुन प्रकरण स् सिरियस अनुसन्धान मानिएको घटनामा पनि सुन बरामद भएन
तस्करीको साढे ३३ केजी सुन गायब पारेको भन्दै १६ फागुन ०७४ मा मोरङ उर्लाबारी– ७ का सनम शाक्यलाई सहकर्मीले नै अपहरण गरेर ज्यानै लिए । सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति गठन गर्यो । संगठित अपराधअन्तर्गत समितिले अनुसन्धान गर्यो । नभन्दै घटनामा संलग्न नेपाल प्रहरीकै उच्च अधिकृतसहित ३३ अभियुक्त पक्राउ परे । तर, मुख्य दसी सुन बरामद हुन सकेन । कालान्तरमा दसी बरामद हुन नसकेकै विषयलाई आधार बनाएर अदालतले घटनामा संलग्न अधिकांश अभियुक्तलाई सफाइ नै दियो । न सुन बरामद भयो, न मुख्य तस्करकै पहिचान भयो । यस्तो अवस्था आउनुमा छानबिन समिति सुन तस्करको सुरुवात र निर्णायक बिन्दुसम्म पुग्न नसक्दाको परिणाम हो ।
भन्सार, अध्यागमन र प्रहरीको मिलेमतोविना विमानस्थलबाट तस्करी सम्भव छैन
विज्ञानराज शर्मा, विमानस्थल सुरक्षाका पूर्वप्रमुख
विमानस्थलको सुरक्षामा नेपाल प्रहरी, अध्यागमन, भन्सार, गुप्तचर, सशस्त्र प्रहरीदेखि नेपाली सेनासम्मको संयुक्त सुरक्षा संयन्त्र रहन्छ । सुरक्षामा खटिएका सबैको भूमिका फरक–फरक छन् । त्यसमध्ये जहाजमार्फत आउने यात्रु र ‘कस्ट्युम’सम्बन्धी विश्लेषण गर्ने जिम्मा अध्यागमन र भन्सारको हो । यस क्रममा केही गडबड भए मात्रै प्रहरीको भूमिका आउँछ । त्यसैले विमानस्थलस्थित भन्सार, अध्यागमन र प्रहरीको मिलेमतोविना तस्करी हुनै सक्दैन ।
राज्य संयन्त्रको मिलेमतो नभई यत्रो सुन तस्करी हुनै सक्दैन
वसन्त लामा, पूर्वएआइजी
सय किलो सुनको मूल्य पनि ठूलै हुन्छ । यति ठूलो सुन तस्करीको ‘रिस्क’ तब मात्रै मोलिन्छ, जब क्षतिको सम्भावना हुँदैन । यसका लागि ठूलै सेटिङ हुन्छ, जहाँ राज्य संयन्त्र नै परिचालित भएका हुन्छन् । राज्य संयन्त्रको मिलेमतो नभई यत्रो सुन तस्करी हुनै सक्दैन । यसमा राजनीतिक तहको नेतृत्वकर्ता पनि संलग्न भएको हुन सक्छ । त्यसैले यो सिरियस र संगठित अपराध हो । यस्तो अपराधको अनुसन्धान पनि सिरियस ढंगले गरिनुपर्छ । म त भन्छु– यस्ता घटनाको अनुसन्धानमा प्रहरीलाई पनि संलग्न गराउनुपर्छ । नत्र केही कर्मचारी र भरियाबाहेक घटनाका मुख्य अभियुक्त फेरि उम्किनेछन् । नयाँ पत्रिका दैनिकबाट…