भर्खरै : Sorry, your browser does not support inline SVG.
चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू | वर्षायाममा विद्युत् अवरोध हुन नदिन प्राधिकरणको कडा निर्देशन, प्रदेश कार्यालय २४सै घण्टा तयारी अवस्थामा रहने |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

२० मुलुकमा राजदूत नियुक्तिको तयारी


  • माघ १८, २०७८
  • 437 Views
२० मुलुकमा राजदूत नियुक्तिको तयारी image

काठमाडौं । केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका राजदूत फिर्ता गरेको ६ महिनापछि सरकारले २० मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिका लागि तयारी थालेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति सिफारिसबारे सोमबार बालुवाटारमा छलफल भएको हो ।

नेताहरूका अनुसार आ–आफ्नोतर्फबाट नाम दिन प्रधानमन्त्री देउवाले प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । राजनीतिक भागबन्डाका आधारमा १३ देखि १४ तथा परराष्ट्रबाट ६ देखि ७ जनाको सिफारिस हुनेछ । परराष्ट्र मन्त्रालयले भने कम्तीमा आठजना राजदूतका लागि परराष्ट्रमन्त्री डा। नारायण खड्कामार्फत प्रधानमन्त्री देउवासँग दाबी गरेको सम्बद्ध स्रोतले बतायो । पराष्ट्र मन्त्रालयका सातजना सहसचिवहरूको नाम कात्तिक अन्तिम साता नै मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको स्रोतले बतायो ।

फिर्ता गरिएको तीन महिनापछि ११ कात्तिकमा सरकारले भारत, अमेरिका र बेलायतका लागि भने राजदूत सिफारिस गरिसकेको छ । बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् भने भारतका लागि सिफारिस डा.शंकर शर्मा र अमेरिकाका लागि सिफारिस श्रीधर खत्रीको एग्रिमो आउन बाँकी छ । सरकारले असोज पहिलो साता भारतबाट राजदूत नीलाम्बर आचार्य, अमेरिकाबाट डा। युवराज खतिवडा र बेलायतबाट लोकदर्र्शन रेग्मीलाई फिर्ता बोलाएको थियो ।

कांग्रेसको कोटाबाट महत्वपूर्ण मुलुकहरू बेलायत, अमेरिका र भारतमा राजदूत सिफारिस भइसकेका कारण अब कांग्रेसले महत्वपूर्ण मुलुक पाउनेछैन । स्रोतका अनुसार चीन माओवादीको भागबन्डामा र जापान एकीकृत समाजवादीको भागबन्डामा पर्ने सम्भावना छ । जसपाले बंगलादेशका लागि राजदूत पाउने सम्भावना छ । स्रोतका अनुसार चीनका लागि माओवादी नेता लीलामणि पोखरेल, नेपाल–चीन सम्बन्धका अध्येता डा. रूपक सापकोटा तथा हालै माओवादीमा सक्रिय भएका चीनका लागि पूर्वराजदूत लीलामणि पौड्यालको नाम चर्चामा छ । माओवादी केन्द्रबाट सम्भावित राजदूतमा युवराज चौलागाईं, डा. ऋषि अधिकारीलगायत चर्चामा छन् । एकीकृत समाजवादीबाट डा. मिलनराज तुलाधर, प्रमेश हमाल, डा. केशव बस्याललगायतको नाम चर्चामा छ ।

यी हुन् राजदूत रिक्त २० देश
चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब, बहराइन  । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.