भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अत्यधिक सूचना तनावको कारण


  • श्रावण २, २०८०
  • 196 Views
अत्यधिक सूचना तनावको कारण image

काठमाडौँ । वर्तमान समयमा जुनसुकै भूगोल र स्तरका मानिस धैर्य र सहजता भन्दा बढी तनाव महसुस गरिरहेका पाइन्छ। विभिन्न अनुसन्धान र मानिसका व्यावहारिक प्रवृत्तिले पनि सजिलै यसलाई पुष्टि गर्छ। त्यसो त तनाव महसुस गर्नुका कारण व्यक्ति–व्यक्तिमा फरक हुन सक्छन् र व्यक्तिगत परिस्थिति, सामाजिक कारकहरू र विश्वव्यापी घटनाद्वारा प्रभावित हुन्छन्।

यी सबै कारकको नकारात्मक प्रभाव पार्ने समाचार र सूचना नै महत्वपूर्ण कारक मान्न सकिन्छ मानिसलाई तनावमा पुर्याउने माध्यम। किनकि आजका मानिसले सकारात्मक भन्दा नकारात्मक सूचनाको जानकारी अधिक मात्रामा पाइरहेका हुन्छन्। २० वर्षअघिका मानिसले पाउने सूचनाका माध्यम र आजको समयमा धेरै फरक छ। जति धेरै सूचना प्राप्त गर्यो त्यति जानकारी, सिकाइ र अनुभव बढ्दै जान्छ तर अत्यधिक जानकारीले नजाँनिदो तरिकाले व्यक्तिगत र सामाजिक जीवनमा तनाव सिर्जना गरिरहेको हुन्छ।

सूचना ओभरलोडः डिजिटल युगमा, मानिसलाई समाचार आउटलेटहरू, सोसल मिडिया र अन्य अनलाइन प्लेटफर्महरूमार्फत जानकारीको अत्यधिक मात्रामा पहुँच छ। नकारात्मक समाचार, सनसनीपूर्ण घटनाहरू र अनलाइन द्वन्द्वको निरन्तर खुलासाले तनावमा योगदान पुर्याउन सक्छ किनकि पाएको सूचनालाई प्रभावकारीरूपमा छनोट गरेर चाहिने, आवश्यक र भरपर्दो सूचना भनेर छुट्टयाउन नसक्ने अवस्थामा मानिस पुगेको छ। आजका मानिससँग हात(हातमा ३–४ वटासम्म सूचना प्रविधिका साधन छन् त्यसैले दिनको सुरुवात उसले आफ्ना प्रविधिमार्फत सूचना, समाचार, घटनाको जानकारीबाट गर्छ र सुत्नुअघि पनि एकपटक सबै समाचार र सामाजिक सञ्जाल नहेरी उसलाई निद्रा लाग्दैन। आफूले नगरेका, आफूलाई सम्बन्ध नभएका र आवश्यक नभएका सूचनाले समेत व्यक्तिलाई तनाव दिने सामग्रीहरू सामाजिक सञ्जालमा हुन्छन्। त्यसलाई सही, गलत र कति त्यो जानकारी लिने भन्ने विवेक पनि प्रविधिले खाइदिएको छ।

व्यक्तिको संस्कार त बिहान उठ्नेबित्तिकै अस्तित्वलाई धन्यवाद दिएर, आफ्नो नियमित कर्म सकी, उदाउँदो सूर्यलाई अर्घ दिएर प्रार्थना र ध्यानबाट दिनको सुरुवात गर्ने हो। राति सुत्नुअघि पनि दिनभर आफ्नो काम, जीवनशैली, सबैको सहयोगप्रति धन्यवाद दिँदै आरामपूर्ण विश्राममा जाने हो। तर अब सबै तौरतरिका परिवर्तन हुँदै सामाजिक सञ्जाल र समाचारका अनावश्यक चंगुलमा मन, मस्तिष्क फसिसकेको छ। थोरै सचेत भएर आफ्नो जागृत र स्वस्थ जीवनशैलीलाई ध्यान दिइएन भने तनावको स्तर बढ्दै जाने निश्चित छ। त्यसो त सूचनाबाट पर हुन नसकिने विविध कारण पनि छँदै छन्। जसलाई तल उल्लेख गरिन्छः

विश्वव्यापी चुनौतीः विश्वले विभिन्न चुनौती सामना गरिरहेको छ। जस्तै– राजनीतिक अस्थिरता, आर्थिक अनिश्चितता, वातावरणीय संकट र जारी कोभिड महामारी। यी घटनाले डर, अनिश्चितता र चिन्ताको भावना सिर्जना गर्न सक्छन् जसले व्यक्तिमा तनावको स्तर बढाउँछ। यस्ता चुनौतीले मानिसलाई प्रत्यक्ष(अप्रत्यक्ष प्रभाव पारेको स्वीकार्न सकिन्छ।

सामाजिक तुलना र दबाबः सामाजिक मिडिया प्लेटफर्महरूले प्रायः मानिसको जीवनको संशोधन गरिएका र राम्रा मात्र सामग्री प्रस्तुत हुन्छन् जसले सामाजिक तुलना र अपर्याप्तताको भावना निम्त्याउन मद्दत गर्दछ। सामाजिक सञ्जालमा देखेको भरमा अरूको जीवनशैली र सुखलाई निरन्तर अरूसँग तुलना गर्नु र पूर्णताका लागि प्रयास गर्नुले तनाव सिर्जना गर्न सक्छ र धैर्यको भावना कम हुँदै जान्छ। देखासिकीले प्रतिस्पर्धाको भावना विकसित हुन्छ अनि मानसिकरूपमै मानिस विक्षिप्त हुन पुग्छन्। कतिपय अवस्थामा त नजानिँदो तरिकाले इष्र्या, लोभ र द्वेषको विकास भैसकेको हुन्छ अनि मानिस आफैँले आफैँलाई दुःखी तुल्याउन भ्याउँछ। आफूसँग के छ, आफ्नो सोच र जीवनको लक्ष्य र उद्देश्य के हो बिर्सेर अरूको देखासिकीमा जीवन बाँच्न थाल्छ। त्यसकै परिणाम त हो तनाव।

व्यस्त र हतारको जीवनशैलीः आज धेरै मानिसले कामको तालिका, पारिवारिक जिम्मेवारी र अन्य प्रतिबद्धता साथ व्यस्त जीवन बिताउँछन्। धेरै जिम्मेवारी पूरा गर्न दबाब र आत्म–हेरचाहका लागि समयको कमीले तनावमा योगदान दिइरहेको हुन्छ। धेरै फुर्सदिलो हुनु भन्दा व्यस्त हुनु राम्रो हो शारीरिक, आर्थिक, सामाजिक सबै दृष्टिले तर अस्तव्यस्त हुनेगरी जीवनशैली तय गर्नु राम्रो होइन। आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सन्तुलनमा रहने गरी, पारिवारिक समय छुट्टयाउन मिल्ने गरी, आध्यात्मिक चिन्तनका लागि समेत समयको व्यवस्थापन गर्न जान्नुपर्छ। जीवनको बहुआयाममा सन्तुलन र सहजता मिलाउन जानेमा तनाव महसुस गर्नुपर्ने अवस्था आउँदैन।

प्रकृति र समुदायबाट विच्छेदः आज विकसित हुँदै गएको सहरी वातावरणमा, मानिस प्रकृति र समुदायबाट विच्छेद हुँदै गएका छन् जसले उनीहरूको समग्र जीवन र धैर्यमा असर गरिरहेको छ। प्रकृति विचरणको अभाव र प्राकृतिक स्रोतको सीमितता अनि भावनात्मक सामाजिक अन्तरक्रिया छुट्दै जानुको कारण एक्लोपनको भावना विकसित हुँदै गएको हुन्छ। यसले नै मानिसमा तनाव वृद्धि हुन्छ।

भावनात्मक थकानः कष्टप्रद् समाचार, सामाजिक मुद्दा र व्यक्तिगत चुनौतीको निरन्तर खुलासाले भावनात्मक थकान र समानुभूतिले अधिक भार निम्त्याउन सक्छ। यसले व्यक्तिहरूलाई आफैँ र अरूप्रति अनुकम्पा विस्तार गर्न चुनौतीपूर्ण बनाउन सक्छ किनकि तिनीहरू आफ्नै संघर्षबाट अभिभूत भैरहेका हुन्छन्। अप्राकृतिक जीवनशैली, प्रकृतिबाट विच्छेद, असन्तुलित व्यवहार र नकारात्मक अनि प्रतिस्पर्धात्मक सोचाइले व्यक्ति त्यसै थकित हुन सक्छ। जहाँ समस्या त्यहाँ उपाय भनेझैँ तनावबाट मुक्त भएर सहज जीवन बाच्ने कला पनि त छन्। जसलाई यहाँ प्रस्तुत गरिएको छः

परिश्रम, विश्राम र ध्यानलाई समयः आफूलाई शारीरिक र मानसिक विश्राम मिल्ने गतिविधिलाई निरन्तर याद गर्ने र समय छुट्याउने। बेलाबेलामा सम्झेर लामो गहिरो स्वास फेर्ने, बिहान नियमित, शारीरिक व्यायाम या योग गर्ने, हिँडडुल गर्ने, साइकल चलाउने, खेल खेल्ने र सबै शारीरिक अभ्यास सकेपछि ३० मिनेट देखि १ घन्टा ध्यानमा बस्ने अभ्यास जारी राख्नाले शारीरिक एवं मानसिक स्वास्थ्य राम्रो हुन्छ।

आत्महेरचाहलाई प्राथमिकताः आफूलाई शान्ति, प्रेम र आनन्द मिल्ने काममा समय छुट्टयाएर आत्महेरचाहलाई प्राथमिकतामा राख्नुपर्छ। संगीत सुन्ने, प्रकृतिमा समय बिताउने, समय निकालेर परिवारसँग घुमघाम गर्ने, बेलामौकामा साथीभाइ भेट्ने र हाँसखेलमा समय दिने, पिकनिक, हाइकिङ्ग जाने जस्ता कार्य आफ्नो जीवनशैलीमा समावेश गरेर आफ्नो शारीरिक, भावनात्मक, आध्यात्मिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्न सकिन्छ।

सन्तुलित जीवनशैलीः आफ्नो समय र ऊर्जालाई प्रभावकारीरूपमा व्यवस्थापन गरेर आफ्नो जीवनमा स्वस्थ सन्तुलनका लागि प्रयास गर्नु जरुरी हुन्छ। कार्यहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने, यथार्थपरक र लक्ष्यपूर्ण कार्यलाई समय दिने, आफ्नो कर्मलाई कुशलतापूर्वक सम्पन्न गर्ने, अनावश्यक काममा समय र ऊर्जा खेर नफाल्ने। गुणस्तरीय काम, संगत र सोचले जीवनको गुणवत्ता विकसित हुने भएकाले त्यसअनुसार आफ्नो जीवनको प्राथमिकता बनाउन सकिन्छ।

समग्रमा भन्नुपर्दा आफूसँग भएका चिजको सकारात्मक प्रशंसा र स्वीकार गर्ने, धन्यवाद र कृतज्ञताको भाव प्रकट गर्ने र खुसीलाई गणना गर्ने तनाव मुक्तिका उपाय हुन् जुन प्रत्येक व्यक्तिको खुबी हो। सकारात्मक व्यक्तिको संगत गर्ने, ध्यान सत्संगमा जोडिने, असल सम्बन्ध स्थापना गर्ने, प्रियजनहरूसँग समय बिताउने र खराब संगतबाट टाढा रहने बुद्धिमत्ता अपनाउनु तनाव मुक्तिका उपाय हुन्। क्षमा, करुणा र विनम्रतालाई आफ्नो अनुशासनका साधन बनाउने, अरूबाट अपेक्षा नगर्ने, आफूले सकेको योगदान गर्ने, सत्कार्य गर्नेको प्रशंसा गर्ने र परोपकार एवं सेवामा समय लगाउनु पनि आफ्नो आत्मिक शान्ति र सन्तोष बढाउने उपाय हुन्। आशावादी बन्ने, ठूलो लक्ष्य राख्ने, सानातिना कुरा र लोभमा नफस्ने, सत्यताको मार्गमा हिँड्ने र आफ्नो जीवनलाई अरूसँग तुलना नगर्ने हो भने तनावको अवस्था कहिल्यै आउँदैन । नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.