भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो

हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो

एजेन्सी । इरानी अधिकारीहरूले हर्मुज जलमार्गमा तेल तथा इन्धनजन्य फोहोर फालेर समुद्री प्रदूषण गराएको आरोपमा एक कार्गो जहाज नियन्त्रणमा लिएका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी हर्मोज्गान प्रान्तका बन्दरगाह तथा समुद्री विभागका उपप्रमुख इस्माइल माकिजादेहले समुद्रमा तेल फालिएको तस्बिर सार्वजनिक भएपछि विशेषज्ञ तथा सफाइ टोली परिचालन गरिएको र प्रदूषण गराउने जहाज नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

उनका अनुसार नियन्त्रणमा लिइएको जहाज चिनी बोकेको ठूलो कार्गो जहाज हो । जहाजले जलेको तेल, प्रदूषित पानी तथा औद्योगिक फोहोरको मिश्रण समुद्रमा फालेको आरोप लगाइएको छ । अधिकारीले जहाज कुन देशको हो र चालक दलमा कुन–कुन देशका नागरिक थिए भन्नेबारे भने जानकारी दिएका छैनन् ।

समुद्रबाट फोहोर सफा गरिसकिएको र नियन्त्रणमा लिइएको जहाजलाई न्यायिक प्रक्रियाका लागि पठाइएको अधिकारीले बताएका छन् ।इरानले पछिल्ला हप्तामा भएका विभिन्न तेल चुहावटका घटनालाई लिएर क्षतिपूर्तिको माग गरिरहेको छ । यसमा केश्म टापुनजिक भएको तेल चुहावटको घटनासमेत समावेश छ ।

अगस्टको सुरुआतमा ओमाननजिकै एउटा ट्याङ्कर रोकिएपछि समुद्रमा तेलको दाग देखिएको थियो । उक्त जहाज विस्फोटबाट क्षतिग्रस्त भएपछि ओमानको अल–काब्लिय–याह टापुनजिक करिब एक सातासम्म अलपत्र परेको अनुसन्धानबाट देखिएको थियो ।

हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । इरानले यस जलमार्ग हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाएर वातावरण संरक्षणलगायत सेवाका लागि रकम जुटाउने योजना अघि सारेको छ । अमेरिकाले भने जलमार्गमा कुनै पनि शुल्क उठाउने योजनाको कडा विरोध गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.