भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अध्यादेशको लागि एकीकृत समाजवादीलाई मनाउने प्रयासमा


  • फाल्गुन ३, २०८१
  • 233 Views
अध्यादेशको लागि एकीकृत समाजवादीलाई मनाउने प्रयासमा image

काठमाडौं । सत्तारूढ कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी थिए ।

उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ । सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । यसअघि यसै साता दुई पटक संयन्त्र कार्यदलको बैठक बसेको थियो ।

ओली र देउवा समान हैसियतमा
प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई समान हैसियतमा राखिएको थियो । संयन्त्रको बैठकमा दुवै नेतालाई बराबरको हैसियत दिनुको राजनीतिक अर्थ रहेको छ ।

अध्यादेशमा नेपाललाई फकाउने प्रयास
उता अध्यादेशको लागि माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई मनाउने प्रयासमा पनि कांग्रेस लागेको छ ।राष्ट्रियसभामा एकीकृत समाजवादीको ८ सांसद छन् । कांग्रेस र एमालेको सरकारलाई जसपा नेपालको निर्णय अध्यादेश पारित गर्न सकस भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको १६, एमालेको १० मात्रै सांसद छन् ।

त्यसकारण कांग्रेस सभापति शेरबहादुर देउवामार्फत नेपाललाई फकाउने प्रयास थालिएको छ । देउवाले नै अध्यादेश ल्याउने ओलीको प्रयासलाई रोकेको भन्दै अध्यादेशमा नेपाललाई सहमत गराउने प्रयासमा लागेका छन् । कांग्रेस एकीकृत समाजवादीसँग छलफल
थालेको छ ।

विगतमा एमाले फुुटाएर एकीकृत समाजवादी बनाउँदाको र हाल पनि ओलीले तयार पारेको अध्यादेशलाई रोकेको भन्दै नेपालसँग कांग्रेसले संवाद थालेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.