भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अनियमितताको आरोप लगाएपछि फार्मेसी प्रमुखद्वारा आत्महत्या


  • असार ३१, २०८०
  • 451 Views
अनियमितताको आरोप लगाएपछि फार्मेसी प्रमुखद्वारा आत्महत्या image

काठमाडौं । अनियमितताको आरोप लगाएर जिम्मेवारीविहीन बनाएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी प्रमुखले अस्पतालमै आत्महत्या गरेका छन् । अनुसन्धानका लागि प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरेको छ । ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसी इन्चार्ज रहेका अमृत पोखरेलले आत्महत्या गरेका हुन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित चारजनालाई पक्राउ गरेको छ । फार्मेसीको स्टोरमा शुक्रबार बिहान पोखरेललाई झुन्डिएरको अवस्थामा मृत भेटिएको थियो । सिसिटिभी फुटेज र सुसाइड नोटका आधारमा पोखरेलले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सुसाइड नोटमा उनले सहकर्मीहरूले अनियमितताको आरोप लगाएर ब्लाकमेलिङ गरेको र फसाउन खोजेको उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार केही समयअघि सो फार्मेसीमा औषधि बिक्रीको हिसाबमा करिब २३ हजार रुपैयाँ गडबड भएको थियो । अस्पतालका केही कर्मचारीले सो प्रकरणमा उनलाई लिखित रूपमै माफी मगाएका थिए । सोही लिखित माफीलाई प्रमाण बनाएर अस्पतालका निर्देशकसमक्ष उजुरी गरी छानबिन गराइएको थियो । छानबिन लम्ब्याएर यातना दिएपछि तनावमा रहेका उनले आत्महत्या गरेको हुन सक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

‘उनको छवि अस्पतालमा इमानदार कर्मचारीको देखिन्छ,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भन्छन्, ‘तर, केही कर्मचारीले उनलाई फार्मेसी प्रमुखबाट हटाउन अनियमितताको आरोप लगाई नियोजित रूपमा लिखित माफी माग्न लगाएर ब्लाकमेलिङ गरेको देखियो । त्यहीकारण आत्महत्या दुरुत्साहनमा पक्राउ गरेका हौँ ।’ फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेलले सुसाइड नोटमा आफूलाई यातना दिने कर्मचारीको नाम भने खुलाएका छैनन्, तर विवरण भने उल्लेख गरेका छन् । उनले आफ्ना परिवार तथा अस्पतालका चिकित्सकसँग समेत माफी मागेका छन् ।

घटनाको अनुसन्धानका लागि बस्नेतसहित फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरिएको काठमाडौंपरिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए । प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा कर्मचारीमाथि कारबाही अघि बढाउने तयारी गरेको छ । चारजनाविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । चारजना पक्राउ गरिएको र यातना दिने थप कर्मचारीमाथि छानबिन भइरहेको प्रहरी स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.