भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अन्तर्राष्ट्रिय विमानस्थल अठार घण्टा मात्र सञ्चालन हुने


  • फाल्गुन १३, २०७७
  • 610 Views
अन्तर्राष्ट्रिय विमानस्थल अठार घण्टा मात्र सञ्चालन हुने image

काठमाडौँ । बन्दाबन्दी अन्त्य भएपछि पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने भएको छ । आगामी चैत १५ देखि लागू हुने गरी विमानस्थलले १८ घण्टा मात्र सेवा दिने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै हालको सञ्चालन समय २१ घण्टालाई घटाएर १८ घण्टामा झारिने विमानस्थलले उल्लेख गरेको छ । आन्तरिकतर्फ उडान सङ्ख्या बढे पनि अन्तर्राष्ट्रिय उडान नबढेपछि विमानस्थलले यस्तो निर्णय गर्नुपरेको जनाएको छ । विमानस्थल चैतको मध्यदेखि बिहान ६ः३० बजे खुलेर राति १२ः३० बजे बन्द हुनेछ । विदेशी पर्यटक अझै पनि पाँच दिने क्वारेन्टाइन बस्नुपर्ने प्रोटोकलका कारण अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिक १५ वटा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । आन्तरिकतर्फ भने दैनिक एक सयभन्दा बढी उडान भइरहेका छन् ।

समाचार आजको गोर्खा पत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.