भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अन्तुमा थपिँदै पर्यटकीय आवास


  • आश्विन १३, २०८०
  • 306 Views
अन्तुमा थपिँदै पर्यटकीय आवास image

इलाम । ग्रामीण पर्यटनको अभ्यास गरिरहेको इलामको अन्तुका बासिन्दा दुई दशकभन्दा पहिलेदेखि स्वदेशी र विदेशी पर्यटकलाई स्वागत गरिरहेका छन्। विविध संस्कृति, कला र प्राकृतिक सौन्दर्यले भरिएको अन्तु र समाल्बुङ क्षेत्रमा पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै ठूलो लगानीमा होटल र कटेज खोल्ने क्रम बढेको छ । पछिल्लो समय खुलेको डाँडाकाँडा कटेजमा शुभारम्भ हुनुअघि नै पाहुनाको चाप बढेको सञ्चालक डम्बर प्रधान बताउँछन्। प्रधान र हेमन्त श्रेष्ठले १ करोड ५० लाख रुपैयाँ लगानीमा कटेज सुरु गरेका हुन्। उनले भने, ‘होटल उद्घाटन गर्नुअघि देखि नै आगन्तुक बस्न थालिसकेको थिए ।’

२०५१ सालमा सूर्योदय हेर्ने सानो टावरबाट सुरु भएको अन्तु अहिले व्यस्त र हराभरा पर्यटकीय गन्तव्य बनेको छ। त्यसबेला पर्यटक विभागको सहयोगमा बनाएको टावर निर्माण गर्न अन्तुमा गाडी पुग्ने बाटो पनि थिएन। अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आले सुनाउँछन्, ‘नेपालबाट रड, बालुवा ल्याउने अवस्था थिएन। छिमेकी भारतबाट घोडामा निर्माण सामग्री बोकाएर टावर बनाएका थियौं।’ सुरुमा श्रीअन्तुको डाँडा ‘झुल्के घाम’ देखिने ठाउँको रूपमा मात्रै चर्चामा रहे पनि २०६० सालदेखि १० वर्षसम्म १० वटा अन्तु महोत्सव लगाइयो। यसले आन्तरिक र बाह्य पर्यटकको माझ यहाँका कला, संस्कृति र थप सौन्दर्यले चर्चामा पायो। त्यसपछि श्रीअन्तुको पर्यटन फस्टाउन सुरु गरेको सूर्योदय नगरपालिका– ५ का वडाध्यक्ष उर्गेन बम्जन बताउँछन्।

‘चिया बगानको बीचमा थपिएका कटेज र होटलले गर्दा पछिल्लो समय समाल्बुङ र अन्तुमा पर्ने पर्यटकीय क्षेत्रमा पर्यटक भरिभराउ हुन थालेका हुन्,’ वडाध्यक्ष बम्जनले सुनाए। अन्तु पोखरीको आसपास बसेर रात्रिकालीन सौन्दर्यको मज्जा लिनसमेत पर्यटकको भीड लाग्ने गरेको छ। अन्तुको पर्यटन विकासका लागि सूर्योदय नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको नगरका उपप्रमुख दुर्गा बराल बताउँछन्। अन्तुमा छिमेकी जिल्ला तथा भारत, भुटानसहितका देशबाट पर्यटक आउने गर्दछन्। होमस्टे, चियाबारीको रमाइलो, अन्तु पोखरीको मनमोहक दृश्यमा मन भुलाउन पर्यटक लालायित हुने गरेको द जेड लेक कटेजका सञ्चालक वसन्त घिमिरे बताउँछन्।

अन्तु सूर्योदयको दृश्य हेर्न मात्र पर्यटक आउँदैनन्, लोपोन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन र अध्यागमनका लागि पनि बर्सेनि सयौं पर्यटक आउने गरेका छन्। होमस्टेबाट सुरु भएको अन्तुको पर्यटन यात्रा अहिले ठूला होटल र कटेजमा परिणत हुँदैछ। ठूला होटेल निर्माणका क्रममा छन् भने करोडभन्दा बढी लगानी गरेर कटेज खोल्ने क्रम बढेको छ। स्थानीय विद्यालयका शिक्षक राम चौलागार्इं एक दशक नबित्दै अन्तुले पर्यटन पूर्वाधारमा छलाङ मारेको बताउँछन्। उनका अनुसार वर्षमा चिया बोक्ने घोडावालबाहेक कोही नभेटिने अन्तु पोखरी छेउको चोक अहिले बाह्रै महिना गुल्जार हुन्छ। अन्तुमा ७१ वटा होटल र कटेज रहेका छन्। यहाँ ६२ होमस्टे दर्ता भए पनि ३१ वटाले नियमित सेवा दिइरहेका छन्।

होमस्टे पनि सुविधा सम्पन्न होटल र कटेजमा परिणत हुँदै गएको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए। उनले भने, ‘पाहुनाको माग अनुसार होटल र होमस्टेमा लगानी गरेर ‘अपग्रेट’ गर्ने क्रम सुरु भएको छ। यस वर्ष मात्रै २५ प्रतिशत होटल र होमस्टेले सुविधा थप गरेको उनले बताए। पहिले जस्तो नन्एटेज होमस्टे र होटल अब चल्न छोडेका छन्। अन्तुमा हरेक रात ३ हजार ५ सय पाहुन सहजै बस्न सक्ने घिमिरेले सुनाए। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.