भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


  • असार २९, २०७९
  • 275 Views
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची image

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाडले नेपाली नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ पेश गर्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव गर्ने, राष्ट्रिय सभाको सन्देशसहित नेपाल रेल्वे विधेयक २०७९ माथि प्राप्त स‌ंशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहित नेपाल रेल्वे विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस भनेर प्रस्ताव गर्ने, राष्ट्रिय सभामा उत्पति भएको औषधि (तेस्रो स‌शोधन) विधेयक प्राप्त स‌ंशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने, स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री भवानी प्रसाद खापुङले राष्ट्रिय सभामा उत्पति भएको औषधि ९तेस्रो स‌शोधन० विधेयक २०७९ पारित गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्य तथा स्वास्थ्य स‌ंस्थाको सुरक्षा सम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ माथि प्राप्त स‌ंशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने छ। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री भवानी प्रसाद खापुङले राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्य तथा स्वास्थ्य स‌ंस्थाको सुरक्षा सम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ लाई पारित गरियोस भनेर प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.