भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आज भारी वर्षा, भोलिदेखि मौसममा सुधार


  • आश्विन ९, २०७७
  • 527 Views
आज भारी वर्षा, भोलिदेखि मौसममा सुधार image

काठमाडौं । देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो। मौसमविद् बरुण पौडेलले भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र नेपालमा मनसुन सक्रिय गराउने वायु दुई दिनपछि कमजोर हुने बताए।

‘अहिलेको मौसमी प्रभाव शुक्रबार दिनभर रहन्छ। तर, शनिबारदेखि सुदूरपश्चिमबाट क्रमशः मौसममा सुधार आउँछ’, मौसमविद् पौडेलले भने, ‘धेरै ठाउँमा निरन्तर वर्षाको प्रभाव घट्दै जान्छ।’ पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने पौडेलको भनाइ छ। उनका अनुसार आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुनेछ।

त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषणपश्चात मात्रै मनसुन बर्हिगमन हुने अवधि तोक्न सकिने उनको भनाइ छ। नेपालसहित दक्षिण एसियाली मुलुकमा पछिल्ला वर्ष मनसुन अवधि धकेलिँदै गएको छ। गत वर्ष जुन २० ९असार ५० मा नेपालमा सुरु भएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ ९असोज २५० मा मात्रै सकिएको थियो। नेपालसहित दक्षिण एसियाका लागि अंग्रेजी महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बर मनसुन अवधि हो।

विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्मलाई नेपालको ‘मनसुनी क्यालेन्डर’ तय गरेको छ । तर एक दशकयताको मनसुन अक्टोबरमा मात्रै अन्त्य भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ। मनसुन अवधि असोजभर लम्बिन थालेपछि विभागले आगामी वर्षदेखि मनसुनी क्यालेन्डर हेरफेर गर्ने तयारी गरेको छ। मंगलबारदेखिको निरन्तर वर्षाले मुलुकका मुख्य नदी, खोला र जलाधार क्षेत्रमा जलसतह उच्च भएको छ।

नारायणी नदीले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले बिहीबार बिहान सबेरै नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई ‘मास एसएमएस’ पठाएको छ। सो भेगका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह बिहान ३ बजे र दिउँसो पनि मास एसएमएस पठाइएको विभागको बाढी शाखाका हाइड्रोलोजिस्ट सुनील पोखरेलले बताए। उनका अनुसार बुटवलको तिनाउ, बारा र रौतहटको लालबकैया नदी आसपासका बस्ती र नवलपरासीमा पनि त्यस्तो अग्रिम सूचना पठाइएको छ। कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र चुरे क्षेत्रहुँदै बहने प्रदेश १, २ र ५ का अन्य नदी खोलामा शुक्रबार पनि जोखिम यथावत् रहेको उनको भनाइ छ। अन्नपूर्ण पाेष्टबाट…

 


Thali Mobile Pvt.Ltd.