भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आज सरस्वती पूजा


  • फाल्गुन ४, २०७७
  • 503 Views
आज सरस्वती पूजा image

ललितपुर । विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज मंगलबार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो । यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । आजकै दिन केटाकेटीको नाककान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ ।

यसदिन साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तु पूजा गर्दछन् । यसदिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ । उता, ललितपुर लेलेस्थित सरस्वती कुण्डमा आजकै दिन विशेष मेला लाग्ने गर्छ । शुभकार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।

ऋग्वेदमा ब्रह्माणीलाई वाग्देवीका नामले चिनिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पञ्चमी बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ ।

सरस्वतीलाई चढाइएको सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यसैगरी पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

 


Thali Mobile Pvt.Ltd.