भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ


  • जेष्ठ ६, २०८०
  • 194 Views
आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ image

सिन्धुली । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन ।

गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ । उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमान्डौ अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध प्रहरी परिसर काठमान्डौमा फरक फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो ।

गुरुङ विरुद्ध विभिन्न मितिमा व्यवहार सल्टाउने भन्दै सुरेश केसीसँग पटक पटक गरि ७ करोड ७५ लाख रकम र २० तोला सुन लिएको उजुरी छ । केसीसँग आफ्नो सम्पूर्ण सम्पत्ति विशेष अदालतबाट रोक्का भएको र मुद्दा मिलाउन र मुद्दामा खर्च गर्न भनि गुरुङले रकम लिएको पाईएको प्रहरीले जनाएको छ ।

२०७४ सालको असोज महिनामा देउ बहादुर गुरुङबाट ३० लाख रकम लिएको, २०७४ सालमै सरिता गुरुङलाई आफुसँग गाडी रहेको र गाडी विक्रीमा भएको बताउँदै बैंकको ऋण तिरेपछि गाडी आफ्नो नाममा हुने भन्दै गाडी किन्न पैसा दिने भन्दै २० लाख नगद लिएर फरार रहेको आरोपमा उजुरी परेको प्रहरी उपरिक्षक सिताराम रिजालले विज्ञप्ती मार्फत जनाएका छन ।

गुरुङ २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नं। १ का सशक्त दावेदार हुन । नेपाली कांग्रेसले श्याम घिमिरेलाई उमेदवार बनाएको थियो । हाल नेपाली कांग्रेसका महासमिति सदस्य रहेका उनी नेपाली कांग्रेसका सशक्त नेता मानिन्थे । यो समाचार राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.