भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आठ हजार रोपनी जग्गा अतिक्रमित


  • फाल्गुन १९, २०७७
  • 683 Views
आठ हजार रोपनी जग्गा अतिक्रमित image

काठमाडौँ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन थालेको थियो ।

आयोगका अध्यक्ष तथा विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईका अनुसार मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमित छ । सुनसरीमा सबैभन्दा बढी छ भने काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि सरकारी सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको छ । आयोगले सरकारलाई ३३ वटा बेग्लाबेग्लै प्रतिवेदन बुझाएको छ ।

विगतमा कर्मचारी अवकाश हुँदा वा कार्यालयबाट सरुवा हुँदा गर्नुपर्ने कागजात र अभिलेखको बरबुझारथ गर्ने परिपाटी हाल नभएकाले जग्गा अतिक्रमणमा पर्दै गएको तथा अभिलेख साबिकअनुसार दुरुस्त नपाइने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा बरबुझारथ प्रणालीलाई कायम राख्न आयोगले सरकारलाई सुझाव दिएको छ ।

मिचिएका बाहेक सरकारले अधिग्रहण गर्दा मुआब्जा वितरण गरिएको नगरिएकोबारे आयोगलाई उजुरी परे पनि कमलपोखरीको उत्तरी सीमाको विषयमा कुनै उजुरी परेन । गुठी संस्थानका अनुसार सो पोखरीको ४८ रोपनीमध्ये करिब चार रोपनी जग्गा अतिक्रमणमा परेको छ । मौजे पशुपति अभिलेख रहेको २३४ रोपनी जग्गाको विषय पनि आयोगले उठाएको छैन । यो जग्गा पशुपति क्षेत्र विकास कोषले आफ्नै तर्फबाट छानबिन गरिरहेको छ ।

आयोगले प्रतिवेदन बुझाएपछि आयोगको कार्यालय बन्द गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । घट्टेकुलो अतिक्रमणका विषयमा अदालतमा मुद्दा विचाराधीन भएकाले आयोगले यो कुलोको विषयमा अध्ययन नगरेको उहाँको भनाइ छ ।

यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.