भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आर्थिक वृद्धि २.७ प्रतिशत रहन्छ : विश्व बैङ्क


  • चैत्र ३१, २०७७
  • 657 Views
आर्थिक वृद्धि २.७ प्रतिशत रहन्छ : विश्व बैङ्क image

काठमाडौँ । कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २।७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले औँल्याएको हो । विश्व बैङ्कले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना महामारीपछि बन्दै गरेको खुकुलो अवस्था र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोपको उपलब्धताका कारण यो वृद्धि हुने प्रक्षेपण गरिएको हो । मनसुनी अनुकूलताले कृषि उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ ।

कोभिड–१९ पछिको पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात प्रवद्र्धन राम्रो आधार बन्ने प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनमा नेपालको पर्यटन क्षेत्रलाई बजारसँग समाञ्जस्य हुनेगरी परिमार्जन गर्न आवश्यक रहेको जनाइएको छ । आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहनसक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा चालू खाता घाटा कम हुँदा कुल गार्हस्थ्य उत्पादनको १।२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

राजस्व सङ्कलन लक्ष्यअनुसार हुनसक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजना पुनः सञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चका कारण आगामी आवमा वित्तीय घाटा भने बढ्ने जनाइएको छ ।
सरकारले कोभिड–१९ को प्रभाव र यसका कारण देखापर्नसक्ने जोखिमलाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन थालिसकेको अवस्थामा नेपाल विकास अपडेटले उत्थानशील आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिस्पर्धी क्षमतामा सुधार ल्याउनु महŒवपूर्ण हुने सुझाइएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीबीच पनि नेपालको अर्थतन्त्रले छिट्टै सुधारको गति पक्रेको उल्लेख गर्नुभयो । “सबै पक्षको साथसहित सरकारले सुझबुझ तरिकाले व्यवस्थापन गर्दा हाम्रो अर्थतन्त्र आफ्नो लयमा फर्कंदै छ,” उहाँले भन्नुभयो । विश्व बैङ्कले गरेको आर्थिक वृद्धिको प्रक्षेपण सरकारले अनुमान गरेभन्दा कम छ । प्रतिवेदनले नेपालले हाल आफ्नो निर्यात सम्भावनका उपयोगिता १२ गुणा कम दरमा गरिरहेको र त्यो बढाउनु अवसर हुने औँल्याइएको छ ।

“नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता करिब ११ खर्ब नेपाली रुपियाँ बराबर अनुमान गरिएको छ जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा बढी हो,” प्रतिवेदन सार्वजनिक गर्ने क्रममा विश्व बैङ्कका वरिष्ठ अर्थशास्त्री डा केने इजेमेनारीले भन्नुभयो, “यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण योगदान गर्नेछ र यो क्षमता हासिल गर्ने कुरा असम्भव पनि छैन । ” प्रतिवेदनमा नेपालको निर्यात क्षमता हासिल गर्न छवटा प्रमुख प्राथमिकता उल्लेख गरिएको छ । यसमा पर्यटन क्षेत्रमा सुधार, अधिक वैदेशिक लगानीका लागि सरलीकृत प्रक्रिया, निर्यात प्रणालीको आधुनिकीकरण र निर्यातकर्ताको क्षमता सुधार गर्ने, व्यापार लागत घटाउनेजस्ता सुझाव दिइएको छ । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.