DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आशा जगाउँदै पर्वतारोहण


  • कार्तिक २०, २०७७
  • 466 Views
आशा जगाउँदै पर्वतारोहण image

काठमाडौँ । गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा एउटा आशा पलाएको थियोे । यो सन् २०२० को सुरुवातमा भ्रमण वर्षको उत्साहले हौसिएको नेपाली पर्यटन क्षेत्र कोभिड सङ्क्रमणले करिब आधा वर्ष ठप्प भएपछि आएको एउटा सुखद खबर थियो ।

नेपालका लागि महŒवपूर्ण पर्वतीय पर्यटनलाई महामारीकै बीचमा पुनः जगाउन उक्त अनुमतिले जसरी आशा जगाएको थियो त्योभन्दा धेरै उत्साहित बनायो बहराइनका राजकुमारसहितको टोलीको आरोहण अनुमतिले । मन्त्रिपरिषद्ले नै बहराइन र बेलायतका दुई टोलीलाई मनास्लु हिमालका लागि आरोहण अनुमति दिने निर्णय गरेको थियो । विदेशी पर्यटक स्वागत गर्न नपाएको नेपालका लागि नै त्यो उत्साहपूर्ण खबर थियो ।

महत्वपर्ण व्यक्तित्वसहितको टोली भएकाले पनि उक्त आरोहणप्रति आम सर्वसाधारणको समेत चासो बढेको थियो । आरोहण टोलीको हरेक गतिविधि नेपाली सञ्चार माध्यमका लागि नियमित खबर भए । मनास्लु हिमालको सफल आरोहण गरेर पर्वतीय पर्यटनलाई बलियो उत्साह थप्दै बहराइनको टोली कात्तिक ७ गते फर्कियो । वरुण सेमा नेपाली र मनास्लुमा बहराइन र बेलायत गरी दुई टोलीलाई आरोहण अनुमति दिएको पर्यटन विभागले त्यसयता थप चारवटा आरोहण अनुमति जारी गरिसकेको छ ।

विभागका निर्देशक मीरा आचार्यका अनुसार कात्तिक १ पछि आमादब्लमका लागि दुई, ग्याल्जेन र हिमलुङ हिमाल आरोहणका लागि एक एक टोलीलाई आरोहण अनुमति प्रदान गरिसकिएको छ । त्यसमध्ये ग्याल्जेनको आरोहण दल नेपाली हो भने बाँकी तीनवटा विदेशी आरोहण दल हो । विभागले पछिल्लोपटक मात्रै हिमाल आरोहणका लागि ४३ जनाको अन अराइभल भिसा स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेको छ ।

विभिन्न छवटा हिमाल आरोहणका लागि चासो देखाएका विभिन्न देशका नागरिकका लागि विभागलाई सिफारिस गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो । सिफारिस गरिएकामध्ये भारत, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, यूएई, रसिया, पोल्यान्ड, युक्रेनलगायत देशका नागरिक रहेको विभागले जानकारी दिएको छ । महामारीका बीचमा सानो सङ्ख्यामा भए पनि आरोहण अनुमति हुनु सुखद भएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले बताउनुभयो । अहिले पनि पर्वतारोहणबारे विदेशबाट धेरै चासो आइरहेको छ, उहाँले भन्नुभयो, “यसले नेपालमा पर्वतारोहण खुला भएको छ भन्ने सन्देश दिएको छ ।” गाेरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.