भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद


  • चैत्र १६, २०७७
  • 602 Views
इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद image

इलाम । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये १ सय ९५ थान मुद्दा फछ्र्यौट भइसकेको र १ सय १५ वटा मुद्दा विचाराधीन रहेका छन् । वैदेशिक रोजगारीको कारण परिवारमा खटपट हुने, महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरूले सम्बन्ध बिच्छेद गर्ने गरेका छन् ।

सम्बन्ध बिच्छेद गर्नेहरूले आफूले पाउने अंशमा समेत दाबी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिब आधाले अंशको माग दाबी गर्दैनन्’, भट्टराईले भने, ‘अंशको माग दाबी गर्दा सम्बन्ध बिच्छेदको प्रक्रिया लम्बिने भएकाले महिलाले अंशको माग दाबी नगरेको पाइन्छ ।’

सम्बन्ध बिच्छेद गर्दा महिलाले अंशको एक भाग पाउने कानुनी व्यवस्था छ । तर, त्यसो गर्दा सम्बन्ध बिच्छेदको छिनोफानो गर्न बढी समय लाग्छ । सम्बन्ध बिच्छेदपछि अदालतमा अंश मुद्दाको चाप छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सहित ७५ थान मुद्दा छ । त्यसमध्ये २१ थान फछ्र्यौट भइसकेको छ भने ४६ थान बाँकी छ ।

अशंपछि जबरजस्ती करणीको मुद्दाको चाप छ । ४८ थान जबरजस्ती करणीको मुद्दा रहेकोमा २८ थान फैसला भएको छ २० वटा विचाराधीन छन् । कर्तब्य ज्यानको १९ वटा मुद्दा दर्ता भएकोमा सातवटा फैसला भएको छ भने १२ वटा मुद्दा बाँकी छन् ।

त्यसपछि लागूण्औषधका मुद्दा छन् । तीमध्ये आठ थान फछ्र्यौट भएको र १० वटा बाँकी छन् । अन्य तर्फ दुई सय ३६ थान मुद्दा दर्ता भएकोमा ६९ थान मुद्दा फछ्र्यौट भएको र १ सय ६७ थान मुद्दा बाँकी रहेको अदालतको तथ्यांकमा उल्लेख छ । जिल्ला अदालतमा २ सय ३० वटा सरकारवादी मुद्दा परेको थियो ।

त्यसमध्ये ८९ थान फछ्र्यौट भएर १ सय ४१ थान मुद्दा बाँकी छन् । दुनियावादीतर्फ ४ सय ७६ थान मुद्दा दर्ता भएकोमा २ सय ४७ थान मुद्दा फछ्र्यौट भएका छन् भने २ सय २९ थान मुद्दा बाँकी छन् । अदालतले विभिन्न समयमा कैद सजाय सुनाएको १ हजार ९ सय ५३ वर्ष आठ महिना २७ दिन कैद भुक्तानी गर्न बाँकी देखिएको छ । त्यस्तै जरिमाना गरेकाहरूबाट ६ करोड २६ लाख २६ हजार ५ सय ५४ रुपैयाँ जरिमाना असुल्न बाँकी छ ।

यो समाचार आजको राजधानी देनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.