भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उपत्यकामा समुदायमै संक्रमण, तर कन्ट्याक्ट ट्रेसिङ भएन


  • भाद्र ११, २०७७
  • 398 Views
उपत्यकामा समुदायमै संक्रमण, तर कन्ट्याक्ट ट्रेसिङ भएन image

काठमाडौं । सक्रिय संक्रमित रहेका ७५ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा, राजधानीकै जिल्ला स्वास्थ्य कार्यालयमा जनशक्ति अभाव हुँदा स्थानीय सरकारलाई कन्ट्याक्ट ट्रेसिङको जिम्मा, तर संक्रमण पुष्टि भएको दुई दिनसम्म विवरण पाउँदैनन् स्थानीय सरकार ।

समुदायस्तरमा संक्रमण देखिएको काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ । तर, सरकारले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकेको छैन । राजधानीमा बुधबार थपिएका तीन सय एक संक्रमितमध्ये काठमाडौंमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ रहेका छन् ।

योसँगै काठमाडौंमा तीन हजार एक सय ८५, ललितपुरमा पाँच सय १० र भक्तपुरमा तीन सय २४ जना संक्रमित पुगेका छन् । अहिले सक्रिय संक्रमित रहेका देशका ७५ जिल्लामध्ये काठमाडौं सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो । उपत्यकामा महिनौँदेखि घरबाहिर ननिस्केका सर्वसाधारणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा समुदायस्तरमै संक्रमण देखिएको बताए । ‘उपत्यकामा अहिले संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी समुदायकै हुन्, जसको कुनै ट्राभल हिस्ट्री पनि छैन, कोही त महिनौँदेखि घरमै रहेकाहरू पनि छन्,’ डा. पाण्डे भन्छन् ।

तर, यसलाई विश्व स्वास्थ्य संगठनले परिभाषित गरेकोजस्तो ‘लोकल ट्रान्समिसन’ भन्न नमिल्ने उनको भनाइ छ । ‘भारतमा समेत लोकल ट्रान्समिसन भएको भनिएको छैन, हाम्रोमा पनि त्यसरी भन्नचाहिँ मिल्दैन,’ डा. पाण्डेले भने । समुदायमै संक्रमण देखिए पनि सरकारले सबैको कन्ट्याक्ट ट्रेसिङ भने गर्न सकेको छैन । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.